२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

दलहरूले गुहारे मुख्यमन्त्री

धरानमा डेंगी महामारी

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई ध्यानाकर्षणपत्र बुझाउँदै धरानका राजनीतिक दलका नेताहरू। तस्बिर: नागरिक

धरानका राजनीतिक दलहरूले डेंगी महामारी नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। धरानका विभिन्न छ राजनीतिक दलका नेता, प्रदेशसभा सदस्य, पूर्वजनप्रतिनिधिसहितको टोलीले शनिबार विराटनगरमा मुख्यमन्त्री उद्धव थापा तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन्।

उनीहरूले डेंगी नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य समग्रीको सूची बुझाउँदै चाँडो उपलब्ध गराउन पनि माग गरेका छन्। सोही टोलीले प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता हिक्मत कार्कीलाई पनि भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन्।

धरानका प्रमुख छ राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।

पार्टीका नेताहरूसँगै पूर्वप्रतिनिधिसभा सदस्य जयकुमार राई, धरानका पूर्वनगरप्रमुख तिलक राई, प्रदेश सांसदहरू रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, ममता तामाङ पनि टोलीमा सहभागी थिए। कांग्रेस धरानका सभापति श्याम पोखरेलले डेंगी नियन्त्रणमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ्य सामग्री माग गरिएको बताए। ‘भेट एकदमै सकरात्मक भएको छ। मुख्यमन्त्रीज्यूले सामग्री चाँडै पठाइदिन्छौं भन्नुभएको छ,’ उनले भने।

राजनीतिक दलहरूले जिल्ला विपद् व्यवस्थापन समितिले जनस्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गरिसकेको र डेंगीले विकाराल अवस्था भए पनि स्थानीय सरकार प्रमुख भने केही नभएजस्तो दम्भ र अहंकारपूर्ण अभिव्यक्ति दिँदै बसेको पनि बताएका छन्।

धरानका प्रमुख छ राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।

मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘डेंगीका कारण केवल १/२ जनाको मात्रै मृत्यु भएको अरू मृतकमा दीर्घरोगी रहेको भएको भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन्।’

धरानका राजनीतिक दलहरूले आफ्नै बलबुताले बिरामीको उपचार र डेंगी नियन्त्रणको प्रयास गरिरहको भन्दै दलहरूबाटै निवार्चित जनप्रतिनिधिहरूले पनि वडामा निःशुल्क उपचार शिविर चलाएको पनि ध्यानाकर्षणपत्रमा उल्लेख छ। डेंगी महामारी नियन्त्रणका लागि भइरहेका प्रयासहरू पर्याप्त नभएको भन्दै दलहरूले प्रदेश सरकार र संघीय सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग नहुनु दुःखलाग्दो कुरा भएको पनि उल्लेख छ।

समन्वय अभाव

गत जेठ २३ यता मात्र धरानमा डेंगी संक्रमित ११ जनाको निधन भइसकेको छ। तीमध्ये २ जना बालबालिका छन्। साउन ११ गते १० वर्षीया बालिकाको मृत्यु भएको थियो भने साउन २९ गते ९ बर्षीय डेंगी संक्रमित बालकको मृत्यु भएको छ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार शनिबारसम्म १७ हजार १०३ जनाको डेंगी परीक्षण हुँदा १२ हजार ३ सय ९६ जनाको रिपोर्ट पोजेटिभ छ। यो तथ्यांकले धरानमा डेंगी संक्रमणको दर ७२ प्रतिशत रहेको देखाउँछ। धरानको २० वटै वडामा डेंगी महामारी फैलिएको छ। प्रायः प्रत्येक परिवारमा केही न कोही डेंगी संक्रमित भएका छन्। एकै परिवारका ९ जनासम्म डेंगीका बिरामी भेटिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन्।

गत जेठ २३ यता मात्र धरानमा डेंगी संक्रमित ११ जनाको निधन भइसकेको छ। तीमध्ये २ जना बालबालिका छन्। साउन ११ गते १० वर्षीया बालिकाको मृत्यु भएको थियो भने साउन २९ गते ९ बर्षीय डेंगी संक्रमित बालकको मृत्यु भएको छ।

डेंगीले यसरी महामारीको रूप लिइसक्दा पनि नियन्त्रणको लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारबीच आवश्यक समन्वय र सहकार्य हुन सकेको छैन। तीन तहको सरकारबीचमा मात्र होइन, नगरको नेतृत्वले वडाका जनप्रतिनिधि, राजनीतिक दलहरू र टोल विकास संस्था (टिएलओ)बीचमा पनि समन्वय र सहकार्य अभावले डेंगी नियन्त्रणको अभियान प्रभावकारी हुन सकेको छैन र परिणाम पनि निस्किएको छैन।

स्वतन्त्रबाट निवार्चित मेयर हर्क साम्पाङ र राजनीतिक दल, वडाका जनप्रतिनिधि, टिएलओका अगुवाहरू सहकार्य गर्न छोडेर आरोप प्रत्यारोपमा सीमित छन्। स्वास्थ्य महाशाखा प्रमुख मेहता सहकार्य र समन्वय अभावकै कारण डेंगी नियन्त्रण प्रभावकारी हुन नसकेको स्वीकार गर्छन्।

‘राजनीतिक दल र टिएलओले हामीलाई समेटेनन् भन्ने गुनासो छ, तर उहाँहरू आफैं पनि परिचालन हुनुपर्ने हो, त्यो देखिएको छैन,’ मेहताले भने, ‘सबैले आफ्नो क्षेत्रमा मात्र सर्च एण्ड डेस्ट्रोय गरिदिने हो भने नियन्त्रणमा आउँछ। यस्तो बेला मेयर, स्वास्थ्य महाशाखाले केही गरेन भन्दा पनि आफैंले नेतृत्व लिए राम्रो हुन्थ्यो।’

स्वतन्त्रबाट निवार्चित मेयर हर्क साम्पाङ र राजनीतिक दल, वडाका जनप्रतिनिधि, टिएलओका अगुवाहरू सहकार्य गर्न छोडेर आरोप प्रत्यारोपमा सीमित छन्।

मेयर साम्पाङ दैनिक बेलुकी ४ बजे विभिन्न चोकहरूमा लामखुट्टेको लार्भा मार्न भन्दै सर्च एण्ड डिष्ट्रोय अभियान लिएर पुग्छन्। उनको साथमा स्वास्थ्य महाशाखाका केही कर्मचारी पनि हिँड्छन्। तर, उनको अभियानमा एकाधबाहेक सम्बन्धित वडाका जनप्रतिनिधिको पनि उपस्थिति देखिँदैन। यद्यपि, केही वडा कार्यालयले पनि आफ्नो तहबाट डेंगी नियन्त्रण र बिरामीको निःशुल्क उपचारको व्यवस्था पनि गरेका छन्।

राजनीतिक दलबाट निवार्चित वडाध्यक्ष र राजनीतिक दलहरूसँग पनि मेयरमा निवार्चित भएदेखि नै साम्पाङको सम्बन्ध राम्रो छैन। डेंगी नियन्त्रणबारे एकपटक ठोस योजनाविना सामान्य संवाद मात्र भएको एमाले धरानका अध्यक्ष हर्क एभेङ बताउँछन्।

राजनीतिक दलहरुले जिल्ला विपद् व्यवस्थापन समितिले जनस्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गरिसकेको र डेंगीले विकाराल अवस्था भए पनि स्थानीय सरकार प्रमुख भने केही नभएजस्तो दम्भ  र अहंकारपूर्ण अभिव्यक्ति दिँदै बसेको पनि बताएका छन्।

‘उहाँले सबै दलहरूलाई बोलाउनुभयो र आफ्नो कुरा राख्नुभयो। सर्च एण्ड डिष्ट्रोय अभियान चलाउने हो, सहयोग गर्नुपर्‍यो भन्नुभयो,’ उनले भने, ‘त्यसपछि के योजना बन्यो, अभियानलाई कसरी अघि बढाउने हो भनेर समन्वय, सहकार्य केही भएको छैन। उहाँ एक्लै अघि बढिरहनुभएको छ र राजनीतिक दल, टिएलओहरूलाई गाली मात्र गरिरहनुहुन्छ।’

सुनसरी प्रदेशसभा १ (क) का सांसद रमेशकुमार बस्नेतले प्रदेशसभा बैठकमा डेंगी महामारीमा तीन तहको सरकार के गर्दैछ भनेर थाह पाउन नसकिएको भन्दै ध्यानाकर्षण गराएका थिए। उनले पनि एकीकृत र समन्वयात्मक प्रयत्नको अभाव रहेको औंल्याएका थिए। ‘धरानमा डेंगीको अवस्था भयावह भए पनि तीन सहको सरकार कहाँ के गर्देछ भन्ने थाह छैन। जनता सरकारविहीन अवस्थाबाट प्रताडित बनेका छन्,’ उनले भने, ‘त्यसकारण एकीकृत र समन्वयात्मक प्रयत्नको अभावमा थप जनता मरेर बंगलादेशको अवस्था आउन नदिनका लागि जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्नुपर्छ।’

प्रकाशित: ३ भाद्र २०८० ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App