३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमको आवेदन पुनः खुल्यो

कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो।

‘लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक’

उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक रिपोटर्स एसोसिएसनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलता : अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको बताए।

युवा उद्यमशीलता र स्टार्टअप बढाउन सम्झौता

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ। नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि सम्झौता भएको हो।

महिला उद्यमी महासंघ र प्रधानमन्त्रीबीच भेट

उद्योगी, व्यापारीसहित विभिन्न पेसा र व्यवसायमा रहेकालाई सरकारले खोपका लागि प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री देउवाले महामारीका कारण संकटमा परेका उद्योगधन्दा पूर्ववत् सञ्चालनका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।

ब्याजमा अनुदान कार्यक्रमः कृषि व्यवसायतर्फ युवा उत्साहित

नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख ऋण झिकेर हाँसपालन सुरु गरेका छन्। ‘कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगरपालिकाको सहयोगमा हाँसपालन सुरु गरेको छु’, उनले भने, ’दुई वर्षसम्मको ब्याज पनि तिर्नु नपर्दो रहेछ, नगरपालिकाले युवा लक्षित ब्याज अनुदान कार्यक्रम ल्याएपछि हाँसपालन सुरु गरेको हुँ।’

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने

मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी तथा महिला निर्यातकर्ताका साथै विदेशी महिला उद्यमीको समेत सहभागिता रहने छ।

नेपाली उद्यमीको लागि उद्यमशील विश्वकप

यस प्रतियोगिता नेपालमा भने पहिलोपटक आयोजना हुन गइरहेको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) यस वर्ष नेपालको लागि अधिकारिक रूपमा राष्ट्रिय आयोजकमा छ। यसले नेपालभित्र र बाहिर रहेका उद्यमीलाई यस प्रतियोगितामा भाग लिन सहयोग पुर्‍याउनेछ।

युवा उद्यमी फोरममा उदीप अध्यक्ष

नेपाली युवा उद्यमी फोरमले शुक्रबार आफ्नोे १७औं वार्षिक साधारण सभा आयोजना गरेको छ। काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ।

संचार उद्यमी महिलाको कोरोनाबाट निधन

रौतहटका एक संचार उद्यमी महिलाको कोरोना संक्रमणले निधन भएको छ । जिल्लामा गत वर्षदेखि संचालनमा आएको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका रामा यादवको कोरोना संक्रमणका कारण मंगलवार निधन भएको हो ।

उद्यमशीलता बढे मात्रै समृद्ध नेपालको परिकल्पना पूरा हुन्छ

भारतको पश्चिमबंगाल, बिहार र उत्तरप्रदेशमा करिब ३० करोड जनसंख्या छ। त्यो जनसंख्याको आवश्यकतालाई मध्यनजर गरेर नेपालमा ठूला उद्योग स्थापना गरी तयारी वस्तु निर्यात गर्न सके अर्थतन्त्रमा ठूलो टेवा पुग्न सक्छ।

चाँगुनारायणमा मेयर उद्यमशीलता विकास योजना सुरु

देशभरकै नगरपालिकामध्ये भक्तपुरको चाँगुनारायणले मेयर उद्यमशीलता विकास योजना ल्याएको छ। योजना अन्तर्गत नगरपालिका क्षेत्रका स्थानीय युवालाई बिनाधितो, बिनाब्याज तीन लाख रूपैयाँसम्म ऋण दिने योजना छ।

मेयर उद्यमशिलता अभिमुखीकरण सुरु

चाँंगुनारायण नगरपालिकाको आयोजनामा शुक्रबारदेखि दुईदिने मेयर उद्यमशिलता विकास कार्यक्रमको अभिमुखीकरण सुरु भएको छ । शुक्रबार पहिलो दिन चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ५ सम्मका वडाबासीका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।

महिला उद्यमीले २२ अर्ब सहुलियत कर्जा लिए

सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान दिने कर्जामध्ये कृषिबाहेकमा सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी छन्। सरकारले तीन वर्षदेखि १० प्रकारका शीर्षकमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। राष्ट्र बैंकका अनुसार महिलाका लागि हालसम्म बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ७८ करोड रूपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन्। गत असारसम्म बैंकहरूले उद्यमी महिलालाई चार अर्ब ३५ करोड रूपैयाँ प्रवाह गरेका थिए।

नेपाली युवा उद्यमी फोरम स्थापना

युवा व्यवसायीलाई सकारात्मक व्यक्तिगत सोच र दृष्टिकोण सशक्त बनाएर विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) अन्तर्गत वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्