१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाली युवा उद्यमी फोरम स्थापना

युवा व्यवसायीलाई सकारात्मक व्यक्तिगत सोच र दृष्टिकोण सशक्त बनाएर विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) अन्तर्गत वीरगन्ज र जनकपुर अध्यायको स्थापना भएको छ ।

पुनस्र्थापित नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज अध्यायको स्थापना र स्थापना कार्यक्रम वीरगन्जको विश्वा होटलमा सम्पन्न भएको छ भने जनकपुर अध्यायको उद्घाटन जनकपुरस्थित होटल सीताशरणमा आयोजना भएको हो।

युवा उद्यमी अनुपकुमार अग्रवालको अध्यक्षतामा वीरगन्ज अध्याय कार्य समितिका सदस्यलाई एनवाइइएफको राष्ट्रिय शासकीय परिषद्का पदाधिकारीले समितिको बैठकमा सहभागिता जनाएका छन्। त्यस्तै, जनकपुर अध्यायबाट सोनी महतोको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

वीरगन्ज अध्यायबाट राकेश शाह पहिलो उपाध्यक्ष बनेका छन् भने संदीप अग्रवाल उनको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको तेस्रो उपाध्यक्ष छन्। नयाँ कार्यसमितिका संस्थापक अध्यक्षमा अरविन्द्रबहादुर अमात्य छन् भने सदस्यमा विश्वप्रताप शाह, काजल सिंह, अक्षत शाह, विकास ठाकुर, मनीषा सुनुवार श्रेष्ठ, संकल्प शाक्य र पंकज अग्रवाल रहेको जनाइएको छ ।

यसैबीच, जनकपुर अध्यायबाट कमिटीको अध्यक्षमा सोनी महतो, उपाध्यक्षमा आशिष महतो, उपाध्यक्ष रूपा महतो, सदस्य मोहन शाह, अपूर्भा गुप्ता, पंकज प्रसुन र माया शाह रहेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७७ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App