५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने

महिला उद्यमी महासंघ नेपालले आगामी १७ देखि २१ गतेसम्म ५औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ।  

कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै मेला भर्चुअल माध्ययमबाट हुने बताइएको छ। मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी तथा महिला निर्यातकर्ताका साथै विदेशी महिला उद्यमीको समेत सहभागिता रहने छ।

मेलाको उद्देश्य नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात प्रवद्र्धन गर्नु रहेको छ। मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन, फिन चर्च एड, द एसिया फउन्डेसन लगायत संस्थाको सहभागिता रहनेछ। मेलामा विशेष आकर्षणका समान, स्वदेश तथा विदेशका रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका समान उपलब्ध रहनेछन्। मेलामा तीन सयभन्दा बढी भर्चुअल स्टल रहने विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: १६ असार २०७८ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App