६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

युवा उद्यमी फोरममा उदीप अध्यक्ष

नेपाली युवा उद्यमी फोरमले शुक्रबार आफ्नोे १७औं वार्षिक साधारण सभा आयोजना गरेको छ। काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ।  

कोभिड–१९ मुद्दालाई ध्यानमा राख्दै, कार्यक्रम अनलाइनबाट आयोजना गरिएको संस्थाको विज्ञप्तिमा उल्लेख छ।  

समितिको अध्यक्षमा उदीप श्रेष्ठ सर्वसम्वत अध्यक्ष चुनिएका हुन्। प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितीय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोदमान शैंजू, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशलसुन्दर श्रेष्ठ, लर्निङ अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को(लर्निङका रूपमा पवित्र गौतम चुनिएका छन्। सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएका छन्। यसअघिसम्म प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष थिए। अध्यक्षको कार्यकाल एक वर्षको हुनेछ।  

नयाँ समिति गठनसँगै निवर्तमान अध्यक्ष पालिखे सहित कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको छ। सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। ‘सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने छ,’ उनले भने। पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खट्ने बताए।

प्रकाशित: १६ जेष्ठ २०७८ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App