२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

संचार उद्यमी महिलाको कोरोनाबाट निधन

रौतहटका एक संचार उद्यमी महिलाको कोरोना संक्रमणले निधन भएको छ । जिल्लामा गत वर्षदेखि संचालनमा आएको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका रामा यादवको कोरोना संक्रमणका कारण मंगलवार निधन भएको हो ।

केही दिनदेखि ज्वरो आउने र रुघा लाग्ने समस्याबाट पीडित संचार उद्यमी यादवको स्वास्थ्यमा समस्या आएपछि मंगलवार कोभिड अस्पतालमा उपचारार्थ लगिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा कोरोना संक्रमण ठहरिएको केही समयपछि यादवको निधन भएको हो ।

संचार उद्यमी यादव नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व उपाध्यक्ष जयप्रकाश यादवकी पत्नी हुन् । पूर्व उपाध्यक्ष यादवको स्वास्थ्यमा पनि समस्या देखिएको पत्रकार गौतम श्रेष्ठले जानकारी गराएका छन् ।

प्रकाशित: २८ वैशाख २०७८ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App