८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व हाे, निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छः गृहमन्त्री

उनले भने 'कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ।'

जनप्रतिनिधिले सेवासुविधा वापत पाउने रकममा उम्मेदवारको घरदैलो खर्च

उनीहरुले आफ्नो पार्टीका उम्मेदवारको लागि चुनावमा आर्थिक खर्चको लागि चन्दासमेत संकलन गर्ने गरेको छ। बुधबार बिहानै धनुषाको हंसपुर नगरपालिका–९ बालगंगास्थित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्याकर्ताले संयुक्त बैठक बोलाएका थिए।

निर्वाचन प्रचारमा सरकारी साधन प्रयोग नगर्न आयोगको निर्देशन

ती व्यवस्थाकोे पालना गर्न तथा गर्न लगाउन निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारका मन्त्रीहरुलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मन्त्रीलाई निर्देशन दिइसकेको छ।

निर्वाचन आयोगले भन्याे: अर्काको कार्यक्रम बिथोल्न र आरोप–प्रत्यारोप गर्न पाइँदैन

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गते (भोलि) देखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो।

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।

बारा २ मा दुवै गठबन्धनका उम्मेदवारलाई स्वतन्त्रको चुनौती

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा, एमाले–जसपा गठबन्धनबाट जसपका रामसहायक यादव चुनावी मैदानमा रहेका छन्। स्वतन्त्रबाट वरिष्ठ अधिवक्ता अरुणकुमार ज्ञवाली, राम किशोर यादव, रबिन्द्र यादव लगाएतका प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि प्रतिस्पर्धामा रहेका छन्।

आचारसंहिता उल्लंघन गर्नेलाई कडाइ

‘संविधान र कानुनले तोके बमोजिम आयोगले निर्वाचनको कामहरु तीव्र रुपमा अघि बढाइरहेको छ।’ आयूक्त तुलाधरले भनिन्, ‘सबैसँगको सहकार्य, सहमती अनुसार निष्पक्ष, स्वतन्त्र, भयरहित तरिकाले निर्वाचन गराउन निर्वाचन आयोगले कुनै कसर नराखी कामहरु गरेको छ।’

निर्वाचन आयोगले एकै दिन साेध्याे नौ स्पष्टीकरण

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए।

नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने

उनले निर्वाचनको बिरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाहरुको आयोजना गरिने बताए। पार्टीले निर्वाचनमा भाग नलिन जनताहरुलाई अपिल गर्ने पनि उनले जानकारी दिए।

यो चुनाव नौटंकी हो: विश्वकर्मा

'काठमाडौंमा बस्ने राष्ट्रघात, जनघात गर्ने, मानव बेचबिखन गर्ने अपराध गर्ने, भ्रष्टाचार र कमिसनको खेल गर्ने, अहिले जनताको बीचमा हामी सबभन्दा बढी लोकतन्त्रबादी नेता हुँ भनेर जाने तत्वहरुलाई एकपटक गाउँ गाउँबाट खेद्ने कार्यनीति अहिले महाधिवेशनले अगाडी सारेको कार्यनीति हो। एकपटक हामी जनसंघर्ष गर्छौं।’

दैलेख क्षेत्र नम्बर दुई: २३ वर्षपछि गठबन्धनकाे आडमा जित्ने कसरत गर्दै काँग्रेस

५६ साल पछिको निर्वाचनमा एमालेको प्रतिस्पर्धी दलको रुपमा रहेपछि चुनावमा हार व्यहोर्दे आएको काँग्रेस यस पटक भने गठबन्धनकै आडमा जित्ने दाउमा देखिएको हो। दैलेखका ११ स्थानीय पालिका मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा दुल्लु, चामुण्डाविन्द्रासैनी र आठविस नगरपालिका, भैरवी, ठाँटीकाँध गाउँपालिका पर्दछन्।

निर्वाचन सामग्री बैतडी आइपुग्यो

प्रत्यक्ष तर्फको मतपत्र आइसकेपछि सबै मतदान केन्द्रका लागि सामग्री छुट्याएर राखिने उनले बताए। मतदान अधिकृतहरुलाई कार्तिक अन्तिम साता तालिम दिने तयारी समेत भइरहेको फुँयालले बताए।

मतदातालाई मत बदर हुने चिन्ता

उनले भने, 'मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा हुन सकेको छैन।'

सरकारी सम्पती प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैनः आयुक्त भण्डारी

केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जो जो आसिन हुनुहुन्छ, उहाँहरुले पदीय हैसियतले प्राप्त गर्नुभएको जुन सेवासुविधाहरु छन्, त्यो सबै अलग्ग राखेर व्यक्तिगत हिसावले तपाई जान पाउनुहुन्छ। सरकारी सम्पतीको दुरुपयोग गर्न पाइँदैन। सरकारी सम्पती प्रयोग गरेर पार्टीको प्रचारप्रसार गर्न पाइँदैन ।

७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्