१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन सामग्री बैतडी आइपुग्यो

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्री जिल्ला आइपुगेको छ। निर्वाचनका लागि आवश्यक समानुपातिक तर्फको मतपत्र, स्वस्तिक छाप, कपडा, मतपेटिका लगायतका निर्वाचन सामग्री बैतडी आइपुगेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए। प्रत्यक्ष तर्फको भने मतपत्र बाहेक अन्य सामग्री जिल्लामा आइपुगेका छ।

प्रत्यक्ष तर्फको मतपत्र आइसकेपछि सबै मतदान केन्द्रका लागि सामग्री छुट्याएर राखिने उनले बताए। मतदान अधिकृतहरुलाई कार्तिक अन्तिम साता तालिम दिने तयारी समेत भइरहेको फुँयालले बताए।

बैतडीमा आसन्न निर्वाचनका लागि १ सय २९ वटा मतदानस्थल कायम गरिएको छ भने २ सय १० वटा मतदान केन्द्र रहेका छन्। जिल्ला कारागार बैतडीमा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी फुँयालले बताए।

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बैतडीमा एउटा अस्थायी मतदान केन्द्र रहने भएको छ। जिल्ला कारागार बैतडीमा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए।   अस्थायी केन्द्रमा कारागारमा रहेका ७५ जना कैदीबन्दी मध्ये ५ जनाले मतदान गर्न पाउने छन्। ५ जनाको मात्रै मतदाता नामावलीमा नाम रहेकाले उनीहरुले मात्रै मतदान गर्न पाउने भएका हुन्। अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभाको समानुपातिक तर्फमात्रै मतदान गर्न पाइने व्यवस्था रहेको छ। कारागारमा रहेको अन्य ७० जना कैदीबन्दी मतदाता परिचयपत्र नभएकाले उनीहरु मतदानबाट वञ्चित भएको  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७९ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App