२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आचारसंहिता उल्लंघन गर्नेलाई कडाइ

प्रदेश स्तरीय मिडिया अभिमुखिकरणमा बोल्दै निर्वाचन आयूक्त डा. जानकीकुमारी तुलाधर।

आंसन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेहरुविरुद्ध निर्वाचन आयोग कडा रुपमा प्रस्तुत हुने निर्वाचन आयूक्त डा. जानकीकुमारी तुलाधरले बताइन्।

सुर्खेतमा प्रदेश स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा निर्वाचन आयूक्त तुलाधरले निर्वाचनमा सञ्चार माध्यम एउटा महत्वपूर्ण कडीको रुपमा रहेको भन्दै आचारसंहिता पालना गराउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने बताएकी हुन्।

मतदाता शिक्षा, मतदाता जागरण अभियान, आचारसंहिता पालना र मतदानका सामाग्रीहरु जिल्ला जिल्ला पठाउने कार्यअन्तिम चरणमा पुगेको निर्वाचन आयूक्त तुलाधरले बताइन्। ‘संविधान र कानुनले तोके बमोजिम आयोगले निर्वाचनको कामहरु तीव्र रुपमा अघि बढाइरहेको छ।’ आयूक्त तुलाधरले भनिन्, ‘सबैसँगको सहकार्य, सहमति अनुसार निष्पक्ष, स्वतन्त्र, भयरहित तरिकाले निर्वाचन गराउन निर्वाचन आयोगले कुनै कसर नराखी कामहरु गरेको छ।’

निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु समयसिमाभित्रै भइरहेको सुर्खेतका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए। त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले उम्मेदवार तथा दलबाट आचारसंहिता विपरीतका कार्य गरेको उजुरीहरु आएपछि उम्मेदवार र दललाई पहिलो चरणमा सचेत गराइएको बताए।

‘आचारसंहिता उल्लंघनका घटनाहरु आए तुरुन्त  एक्सनमा गइरहेको छौं।’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, जिल्लाभर उम्मेदवारहरुको सुरक्षा सर्तकतादेखी मतदानस्थलसम्म निगरानी समेत राखिएको छ।’

निर्वाचन शिक्षा प्रभावकारी बनाउन मिडिया प्रभावकारी हुनुपर्ने र निपक्ष, स्वतन्त्र निर्वाचन गर्न नियमित बैठकहरु बसीरहेको कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले बताए। प्रदेशभर मतदान सामाग्री केही दिनभित्र पुगीसक्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा चालिसेले बताए।

प्रकाशित: १५ कार्तिक २०७९ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App