२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पहिरोले खोटाङका दुई परिवार विस्थापित

वर्षाका कारण पहिरो जान थालेपछि खोटाङमा दुई परिवार विस्थापित भएका छन् । वर्षासँगै घरमुनि र माथिबाट जमिन फाटेर पहिरो जान थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई र एलम राईको परिवार विस्थापित भएका हुन् ।

बाढी विस्थापितको पीडा : ‘न घर न घडेरी’

सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरीका विरक्ष मुखियाको घर रहेको ठाउँमा हाल खोला बगिरहेको छ । मुखियाको दुईवटा घर, भान्छा, गाईगोठ, सबै बाढीले बगाएपछि उठिबास लागेको छ । गत असार १७ मा आएको महुली खोलाको बाढीले नै विरक्षको एउटा घर र गाईगोठ बगाएको थियो ।

तंग्रिन नपाउँदै फेरि विस्थापित

तीन वर्षअघि तुलसीपुर बखरियाका शम्भु बादी बबई बाढीको चपेटामा परे। यहाँका सयौं नागरिकको उठीबास लगाएको बबई बाढीले शम्भुको बास पनि बढार्‍यो। ऐलानी जग्गामा बनाएको सानो झुप्रो थियो। त्यो बेला केही बचेन, बच्यो केबल ज्यान मात्रै।  बबईले नांगेझार बनाएपछि उनी बबई छेउमै त्रिपालको टहरो ठड्याएर गुजारा गरिरहेकै थिए।

बाढी विस्थापितको बिजोग

बाढीबाट विस्थापित बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। कतै औषधिको खाँचो छ त कतै खाद्यानका लागि कोलाहल।

बाढीबाट विस्थापित भोकभोकै बस्न बाध्य

राप्तीसोनारी गाउँपालिका–३ बैजापुरकी नुमा शाहीको घरमा तीन दिनदेखि चुल्हो बलेको छैन। राप्तीको बाढीले घर खण्डहरमा परिणत भएको छ भने अन्नपात, लत्ताकपडा पूरै भिजेका छन्। करिब दुई फिटसम्म पानी जमेका कारण बाढी घटे पनि घरभित्र जमेको हिलो सुक्न पाएको छैन। दिनहुँ वर्षा भइरहेकाले भिजेको अन्नपात सुकाउन पाएकी छैनन्।

धनुषाका १३ सय परिवार विस्थापित

धनुषास्थित कमला नदीको नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ। कमलासिद्धिदात्री नगरपालिका माचिझिटकोहियाका ७४ वर्षीय शोभित साहको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए।

बाढीबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, २१ हजार विस्थापित

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मुलकभरि ८० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार ३६ जना हराइरहेका छन् भने २५ जना घाइते भएका छन्।

बबईको बाढीले बर्दिया डुबानमा, हजारौं विस्थापित

बबई नदीमा आएको बाढीले बर्दियामा हजारौं विस्थापित भएका छन्। गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिका अधिकांश भूभाग डुबानमा परेका छन्। बबईको बाढी अहिलेसम्मकै ठूलो बाढी भएको बताइएको छ।

बाढीले बगाउँदा झापामा २ को मृत्यु ८ वेपत्ता, ११ सय परिवार विस्थापित

झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।

१५ सय घर डुबानमा, साढे ३ सय परिवार विस्थापित

– चुरे तथा मध्य पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तरीका खाँडोे, जिता, कोसी लगायतका नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेग जलमग्न भएको छ । बाढीका कारण तिलाठी–कोइलाडी गाउँपालिकाको कुसहा, कोबर्साइन, बनरझुला, तिलाठी, बेल्ही तथा हनुमाननगर कंकालनी नगरपालिकाको रम्पुरालगायतका बस्ती प्रभावित भएका छन्।

पहिरोका कारण गाउँ नै विस्थापित, दस दिनलाई स्कुल बन्द

जिल्लाको निशीखोला गाउँपालिका-१ र २ मा गएको पहिरोले गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको छ। निशीखोला-१ को हुँल्दीको पूरै गाउँ नै पहिरोको जोखिममा परेपछि त्यहाँ स्थानीय कतिपयले आफन्तकहाँ शरण लिएका छन्।

विस्थापितको व्यथा

पुनर्निर्माणलाई छिटो र छरितोसँग अगाडि बढाउने हो भने शिविरमा बसिरहेका परिवारलाई कि सुरक्षित स्थान पहिचान गरी घर बनाउन दिनुपर्छ कि त सोही ठाउँमा एकीकृत बस्ती बनाउन सरकारले अनुमति दिनुपर्छ।

महिला आंकाक्षीलाई  विस्थापित गर्दै सिनियर उम्मेद्वार

वारबर्दिया नगरपालिकामा माओवादी केन्द्रकी मेयर आकांक्षी महिला अञ्जु दहित चुनावको मिति नजिकिदै गर्दा पाका उम्मेद्वार पनि एकाएक आकांक्षी भइदिँदा दुखित भएकी छिन्।

रुकुममा चालू वर्ष ६ तुइन विस्थापित

यस आर्थिक वर्षमा जिल्लाका छ वटा तुइन विस्थापित भएका छन्। नेपाल सरकारको तुइन मुक्त बनाउने कार्यक्रमअन्तरगत यी तुइनहरु बिस्थापित भएका हुन् ।

विस्थापितको पुनर्वास

चैतमासको हुरी। जस्तापाताले छाइएको र घेरिएको बस्ती। कतै कतै त पालमुनि। बलिया काठपात छैनन्, बासको अडेसो। डोरीले बाँधिएको कतैकतै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्