रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्!
आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।
आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।
मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो मंगलबार। उनी थिए एकजना राष्ट्रिय खेलाडी।
काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन्। स्कुलबाट फर्केर घर पुगी खेल्न निस्केका निशान आइतबार साँझ अपहरणमा परेका थिए। सिन्धुपाल्चोक घर भई हाल काडाँघारीमा बस्ने उनी सिनामंगलको हाइल्याण्ड इंग्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए।
२४ वर्ष बीचको यो दुई सम्पत्ति विवरण हो, नेपाललाई समृद्धिको यात्रामा हिँडाउने वाचा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको। पहिलो सम्पत्ति विवरण उनी पहिलो पटक २०५१ मा गृहमन्त्रीको रुपमा एमालेको अल्पमतको सरकार बन्दाताका सरकारलाई बुझाएको विवरण हो । जुन समयमा प्रधानमन्त्री थिए, मनमोहन अधिकारी।
दुबई हुँदै हवाईमार्गबाट नेपाल आएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको साढे ३३ किलो सुन र त्यसको जालो दुई महिनायता नेपालमा चर्चाको शिखरमा छ। नेपालमा सुन तस्करी नौलो घटना हुन छाडेको धेरै भइसकेको छ।
प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीको बयान, सुन तस्करीको व्यवस्थापक देखिएका चुडामणी उप्रोतीको डेरामा भेटिएको अपुष्ट डायरी, टेलिफोन कल विवरण र हत्या अनुसन्धानमा प्रहरीले अपनाएको अनुशन्धान प्रकृयाको आधारमा साढे ३३ किलो सुन तस्करीमा जोडिएका पूर्व र बहालवाला प्रहरी अधिकारीको भुमिका तय गरेको देखिएको छ।
प्रहरीको खोजीमा सूचीमा परेपछि तीन महिनादेखि कहिले भारत कहिले नेपाल गर्दै आएका दीपक मनाङे अन्ततः काठमाडौंको स्वयम्भु आसपासमा फेला परेका छन् । प्रदेश सभामा विजयी भए पनि सपथ लिनुअगाडि नै ‘कैदी हुनुपर्ने’ पोल खुलेपछि माघ ३ बाट एकाएक सम्पर्कविहीन भएका उनलाई प्रहरीले अन्तमा वैशाख ७ मा काठमाडौंमै फेला पर्याे ।
न्यायालयका लागि २०७४ साल ग्रहणजस्तै बनेर आयो। राजनीतिक प्रहार, न्यायाधीश बीचको चरम गुटबन्दी र स्वार्थको जालोले कानुनका दफा गिजोलिए। तथ्य केलाउने न्यायाधीशहरु भावनामा चुर्लुम्म डुबेर सुँक्क सुँक्क गर्दै आदेश लेख्न थाले । सार्वजनिक रुपमै दलको पक्षपोषणमा सक्रिय हुँदा न्यायालयको साख कोमामा पुग्यो।
नेपाल प्रहरीका लागि वर्ष २०७४ अफापसिद्ध भयो। २०७३ को अन्त्यबाट सुरु भएको संगठन प्रमुखको नियुक्तिबारे कानुनी विवाद २०७४ मा टुंगियो तर नियुक्तिका क्रममा पेस गरिएका कागजपत्र सक्कली कि नक्कली भन्ने विवाद अझै जारी छ।
नेपाल प्रहरीको नेतृत्व फेरिन एक साता मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । २६ औं आइजिपीका लागि प्रतिस्पर्धीबीच यसपालि २५ औं आइजिपी चयनताका दाबेदार बीचझैँ ‘लाजमर्दो’ प्रतिस्पर्धा छताछुल्ल भएको छैन। मौकाको ताकमा रहेका ‘दलाल’ पनि केही मुर्झाएका छन् तर आकांक्षी मौन र सरकारले निर्णय गरेअनुसार भनेर निस्क्रिय भने छैनन् ।
भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन। अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याइ कोठीमा बेचिइरहेकाछन्। यस कथामा भने हालै नयाँ मोड आएको छ। पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ । र, यसको मूल ट्रान्जिट नेपाल बन्न थालेको छ।
कोही जेल पर्ने त कोही इन्काउन्टरमा मारिने गरे पनि तीन वर्षयता गणेश लामा राजनीतिक र प्रहरीमा रहेका केही प्रभावशाली अधिकारीको संरक्षणका कारण सुरक्षित थिए। तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रा सुरु गर्दै गुण्डा नाइकेको छवि हटाउने अभ्यासमा लागेका उनी विजयकुमार गच्छदारसँगै नेपाली कांग्रेसमा पुगेका थिए।
सातवटै प्रदेशमा प्रादेशिक सरकार बनिसक्यो। तर सरकारको नीतिअनुसार सुरक्षा कार्यान्वयन गर्ने प्रादेशिक प्रहरीको संरचनै छैन। तीन सातापछि फेरिने प्रहरी नेतृत्व प्रादेशिक हुने कि संघीय टुंगो छैन। संविधानअनुसार प्रहरीमा संघीय संरचना कार्यान्वयनमा तातो लाग्नुपर्ने गृहमन्त्री रामबहादुर थापा ऐन बनाउनेभन्दा पनि चर्चामुखी निरीक्षणमा व्यस्त छन्।