३ कार्तिक २०८१ शनिबार
image/svg+xml

साना सवारीसाधनलाई विस्थापित गरिने

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ।

इराकको मोसुलबाट ९१ हजारभन्दा बढी विस्थापित

इराकको मोसुल सहरमा सैनिक कारबाही सुरु भएपछि त्यहाँबाट अहिलेसम्म ९१ हजार भन्दा बढी विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले सोमबार जनाएको छ ।

बुढीगण्डकी मुआब्जा : भूमाफियालाई ३० प्रतिशत घटाएर विस्थापितलाई १५ प्रतिशत बढाईयो

नेपालमै पहिलो १२ सय मेघावाटको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यूत आयोजना निर्माणका लागि त्यस क्षेत्रको जग्गा अधिकरण गर्न मुआब्जा तोकिएको छ। २०७२ चैत देखि रोक्का रहेको गोरखा र धादीङ जिल्लाको २७ गाविस भित्र पर्ने जग्गा अधिकरण गर्न जिल्ला मुआब्जा निर्धारण समितिले आईतवार निर्णय सार्वजनीक गरेको छ।

लघुवित्तको ऋणले गाउँबाटै विस्थापित

गाउँमा ऋण दिन आएका लघुवित्तका ऋणीहरू चर्को व्यजका कारण ऋण तिर्न नसकेपछि सुनसरी र मोरङका ग्रामीण भेगका विपन्न ऋणीहरू गाउँ बाटै विस्थापित हुन थालेका छन्। दर्जनबढी लघुवित्तबाट ऋण लिएकाहरू घरबार वेच्दा पनि ऋण तिर्न नपुग्ने भएपछि गाउ“बाटै विस्थापित हुन बाध्य भएका हुन्।

बाँदर र दुम्सीको आङ्तक सहन नसकेर गाउँबाटै विस्थापित

म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतङ्कका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् । जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् ।

दुम्सीको आतंकले गाउँबाटै विस्थापित

जंगली जनावरको आतंकले भकिम्ली– ९ लरेनीका किसान विस्थापित हुन पुगेका छन् । दस नंग्रा खियाएर उब्जाएको अन्नबाली जंगली जनावरले नष्ट गर्न थालेपछि उनीहरु विस्थापित हुन पुगेका हुन् ।

बक्राहा खोलाले तीस घर विस्थापित

मोरङको इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आइतबार बिहान फेरि बक्राहा खोला गाउँमा पस्दा सो क्षेत्रका ३० घरपरिवार विस्थापित भएका छन् ।

पुर्स्थापनाको पर्खाइमा विस्थापित बस्ती

भूकम्प गएको १८ महिना बित्यो। यतिका बेलासम्म पनि भूकम्पपीडित परिवारलाई सहयोगको पहिलो किस्तासमेत उपलब्ध गराउन नसक्ने सरकारले कसरी देश चलाउला ख्वै?

पहिरोले आठ घर विस्थापित

पाँचथर- निरन्तरको बर्षापछि गएको पहिरोका कारण लुङरुपा गाविसमा आठ घरका वासिन्दा विस्थापित भएका छन्। लुङरुपा– २ को छेउटार भन्ने ठाँउमा खेला कटान भई आहेको पहिरोले जोखिम बनाएपछि यतिको संख्यामा विस्थापित भएका हुन्।

दक्षिण सुडानबाट करिब दश लाख मानिस विस्थापित

दक्षिण सुडामा भइरहेको गृहयुद्धका कारण करिब १० लाख मानिस शरणार्थीका रुपमा विभिन्न मुलुकमा पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। सहायतासम्बन्धी दर्जनौँ सङ्घसंस्थाले दक्षिण सुडानमा आर्थिक तथा खाद्यान्न सहयोगका कार्यक्रम त्यहाँ पुर्‍याए पनि आफूहरुलाई सुरक्षाको अनुभूति नभएका कारण इथियोपिया, केन्या, सुडान, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा पुगेका दक्षिण सुडाबाट शरणार्थीका रुपमा यी देश पुगेका सुडानी नागरिकले बताएका छन्।

कनकाईले बहाब परिवर्तन गर्दा ११ परिवार विस्थापित

झापा-लगातारको कटानले कनकाई नदी पश्चिमतिर मोडिँदा झापा शिवसताक्षी–८ का ११ घरपरिवार विस्थापित भएका छन्। कनकाईको कटानले अरु सयौं सर्वसाधारणको उठिबास हुने जोखिम उच्च रहेको बेला स्थानीयको सयौं विघा धानखेत कटानमा परिसकेको छ।

क्यालिफोर्नियामा विशाल डढेलो, असी हजार विस्थापित

जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् ।

जमिन भासिँदा विस्थापित परिवार समस्यामा

बर्षाले जमिन भासिँदा बैतडीको तल्लादेही–८ डाँडा खालीका ५२ परिवार समस्यामा छन्। विस्थापित परिवार बिद्यालयमा आश्रय लिएर बसेका छन्। तीनदिनदेखि लगातारको बर्षाले जमिन भासिएपछि सिंगो गाँउ जोखिममा परेको हो।

सुनसरीमा २ सय ८५ घर–परिवार विस्थापित

अविरल परेको बर्षाले पाँच दिनको अवधिमा सुनसरीमा २८५ घर–परिवारका १ हजार ४ सय ६१ जना बिस्थापित भएका छन् । साउन ७ गतेदेखि ११ गतेसम्मको अवधिमा इटहरीका २, धरानका १५, दुहवी भलुवाका १७, छिटाहाका ४६, अमडुवाका ३, अमाहीवेलाका १७, राजगन्ज सिनुवारीका ५, बसन्तपुरको १ र रामनगर भूटाहाका ९ घरपरिवारका बिस्थापित भएका छन् ।

पहिरोले चार परिवार विस्थापित

घर माथिबाट झरेको पहिरोका कारण ताप्लेजुङको नाल्बुमा चार घर परिवार विस्थापित भएका छन्। आइतबार नाल्बुु गाविस– ५ मा पहिरो झर्दा श्यामबहादुर साँवा, समिर नाल्बो, सन्जमान श्रेङ चोङवाङ र मनिहाङ श्रेङ चोङवाङको परिवार विस्थापित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्