विराटनगर–गाउँमा ऋण दिन आएका लघुवित्तका ऋणीहरू चर्को व्यजका कारण ऋण तिर्न नसकेपछि सुनसरी र मोरङका ग्रामीण भेगका विपन्न ऋणीहरू गाउँ बाटै विस्थापित हुन थालेका छन्। दर्जनबढी लघुवित्तबाट ऋण लिएकाहरू घरबार वेच्दा पनि ऋण तिर्न नपुग्ने भएपछि गाउ“बाटै विस्थापित हुन बाध्य भएका हुन्।
लघुवित्तको चर्को व्याजले सुनसरी बकलौरी—९ की दुली राजधामी गाउ“बाट विस्थापित भएको बर्ष दिन हुन नपाउ“दै शंकर राजधामी पनि विस्थापित भएको छिमेकी टुन्टीराज धामीले बताइन्। उनका अनुसार दुईजना त गाउ“बाट विस्थापित भइसके अरु पनि विस्थापित हुने अवस्थामा छन्। गाउ“बाट विस्थापित भएकाहरू कहा“ गए भन्नेबारे कसैलाई जानकारी नभएको उनले बताइन्।
उनले आफूपनि ऋणको भारले घरबार विहीन बन्ने अवस्थामा आइसकेको बताइन्। लघुवित्तको किस्ता तिर्न महिनाको ५० हजार रुपैया“ले पनि पुग्न छाडेपछि आफू पनि विस्थापित हुने अवस्थामा पुगेको टुन्टीले बताइन्। विभिन्न लघुवित्तबाट लिएको ७ लाख रुपैयाँ ऋण बढेर १३ लाख रुपैया“ पुगिसकेको उनले बताइन्। सुरुमा ट्याक्टर किन्न ऋण लिएकी टुन्टीले ट्याक्टर बिग्रिएपछि मर्मतकालागि पनि लघुवित्तबाटै ऋण लिइन् ।
एउटा लघुवित्तको ऋण र किस्ता तिर्न अर्को लघुवित्तबाट ऋण लिंदै जाँदा १४ वटाबाट ७ लाख रुपैयाँ ऋण लिइसकेको उनले बताइन् । ‘ऋण लिएर किनेको ट्याक्टर बिग्रिएर थन्की हाल्यो किस्ता कसरी तिर्ने,’ उनले भनिन्, ‘आम्दानी छैन महिनाको ५० हजार रुपैया“ किस्ता तिर्नुपर्छ। भएजति सबै लघुवित्तबाट ऋण लिइसकेकी टुन्टीलाई ऋण दिने अब कुनै लघुवित्त पनि बा“की छैनन्।’
उनले १३ वटा संस्थाबाट ५० हजार देखि ८० हजार रुपैयाँ सम्म ऋण लिएको बताइन् । तीन वटाको ऋण तिरिसके पनि अझै १० वटाको तिर्न बा“की छ । साउदीबाट छोराले महिनाको २५ हजार रुपैया“ पठाए पनि त्यो पैसाले किस्ता तिर्न नपुगेको टुन्टीले बताइन् ।
सुनसरीमा मात्रै हैन मोरङको ग्रामीण भेगमा पनि अवस्था उस्तै छ । ५ बर्ष पहिले ५ हजार रुपैया“बाट ऋण सुरु गरेका मोरङ कोशीहरैचा —१५का मन राजधामीको यतिवेला २५ लाख रुपैयाँ ऋण पुगिसक्यो । विभिन्न लघुवित्तबाट ऋण थप्दै जा“दा सावा र व्याज बढेर २५ लाख रुपैया“ पुगेको उनले बताए । चर्को व्याजमा एउटा लघुवित्तबाट ऋण लिएर अर्कोलाई तिर्दा तिर्दै उठीवास लाग्ने अवस्था आएको उनले बताए।
उनले भने, ‘सबै सम्पत्ती बेच्दा पनि लघुवित्तको ऋण तिर्न नपुग्ने भए पछि किस्ता तिर्न पनि सकेको छैन।’ गाउ“मा लघुवित्तको चर्को व्याजले ऋण बढेर धेरै व्यक्ति कङ्गाला भइसकेको उनले बताए। सुनसरी र मोरङका गाउ“मा जीवनविकास समाज, मौली लघुवित्त, मेरो माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त बैंक, छिमेक, नेरुडे लघुवित्त बैंकलगायतका दर्जन बढी वित्तीय संस्थाहरूले समूह मार्फत ऋण लगानी गर्ने गरेका छन्। आम्दानी हुने क्षेत्र बाहेक जथाभावी ऋण लगानी गर्दा सजिलै ऋण पाइयो भनेर ऋण लिने गाउ“का गरिब, सीमाङ्ककृत जनता ऋणको भारले विस्थापित हुन थालेका मात्रै छैनन् सामाजिक र मानसिक समस्या पनि निम्तिन थालेको छ ।
प्रकाशित: ११ मंसिर २०७३ ०९:१६ शनिबार