समृद्धिका लागि युवा
युवा सबैभन्दा भरपर्दो शक्ति हुन्। युवालाई विश्वास गर्नु गौरवको कुरा हो भने युवा शक्तिको दुरूपयोग विडम्बना।

युवा सबैभन्दा भरपर्दो शक्ति हुन्। युवालाई विश्वास गर्नु गौरवको कुरा हो भने युवा शक्तिको दुरूपयोग विडम्बना।
स्टार्टअप लगानी सम्मेलनको आयोजना नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य संघ वा निजीक्षेत्रका अन्य कुनै छाता संगठनले आयोजना गर्नु उपयुक्त हुन्छ।
नेपालका प्रमुख पर्यटकीय क्षेत्र रारा अनि शे–फोक्सुण्डो ताल। नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा पनि पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ। यी क्षेत्र पर्यटकीय हिसाबले महŒवपूर्ण र आकर्षक छन्। नेपाल भ्रमण वर्ष २०२० पनि सुरु हुँदैछ। भ्रमण वर्ष सुरु हुँदै गर्दा कर्णालीमा सडक चुनौती बनेको छ।
आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन भएका योजनाको समीक्षा र २०७६/७७ को नीति तथा कार्यक्रमको जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सांसदहरू गाउँ जाने भएका छन्। नेकपाको संसदीय समितिको १० गतेदेखि १२ गतेसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो।
जानकी गाउँपालिका–५, पिप्रहवाका प्रेमबहादुर लोहनिया आइतबार दिउँसो घरभित्रै थिए। बाहिर वर्षा भइरहको थियो। घर अगाडिको बारीमा पानी भरिएर घरभित्र पस्दै थियो। उनी त्यहाँबाट बाहिर पनि जान खोजेनन्। असारे वर्षाले उनी चिन्तित थिए। घर अगाडि जमेको पानी धुमिलो थियो। त्यहीँ पानीमा उनकै अगाडि विषालु सर्प देखियो। उनी जुरुक्क खाटमा उभिए। सर्प पानीबाट तैरिएर उनकै खाटतिर आउँदै थियो। आँखा चिम्लेर कराए। खोल्दा सर्प कता गयो पत्तै भएन। यो नियमित उनको आइतबारको मात्र होइन। जब वर्षा हुन्छ तब उनको यो नियति दोहोरिन्छ।
उत्तरी धादिङको गंगाजमुना–२ मा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चारजना महिलालाई भने सफाइ दिइएको छ। गाउँमा झाँक्रीको काम गर्दै आइरहेका गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँलेको कुटाइबाट मृत्यु भएको थियो। गाउँलेको कुटाइबाट उनीहरूको मृत्यु भएकाले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको लामो समयपछि जिल्ला तहको एकता प्रक्रिया टुंग्याएको नेकपाले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्तुलन मिलाएको छ। झन्डै एमाले र माओवादीले बराबरी जिल्लामा अध्यक्ष बाँडफाँट गरेका छन्। यी प्रदेशका ३१ जिल्लामध्ये एमालेले १६ र माओवादीले १५ जिल्लामा अध्यक्षको भागबन्डा मिलाएका छन्। कर्णाली प्रदेशका १० बाट तत्कालीन एमालेले ४ र माओवादीले ६ जिल्लामा अध्यक्ष पाएका छन्।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल उद्घाटनअगावै हुने भएका छन्। वैशाख ५ गतेदेखि उद्घाटन हुने भनिए पनि केही खेलहरू चैत २७ देखिनै हुने भएका हुन्। चैत २७ गतेदेखि खेल सुरु हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। २०७५ चैत २७ देखि ३० गतेसम्ममा १२ खेल हुनेछन्। पहिलो दिन हक्की पुरुष बाँकेमा, स्क्वास महिला र पुरुष ललितपुरमा तथा प्याराग्लाइडिङ खेल पोखरामा हुने छ।
चारैतिर पर्खाल, पर्खालमाथि काँडेतार। त्यसैले घेरिएको खुल्ला चौरमा बसेर पाल्पा कारागारमा रहेका कैदी यम रानाले यस वर्ष एसइई परीक्षा दिए। जेल आएका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन। कारागारबाटै उनले यस वर्ष एसइई परीक्षामा सहभागी भए। उनीसहित प्रदेश नं. ५ का ८ जना कैदीबन्दी तथा थुनुवाले कारागार र एक जनाले हिरासतबाटै एसइई दिए।
