५ आश्विन २०८१ शनिबार
image/svg+xml

भक्तपुर अस्पतालमा रंगको दुरी (अपडेट)

भक्तपुरमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमित विरामी बढ्न थालेपछि नेपाल स्काउट भक्तपुरले भक्तपुर अस्पताल दूधपाटीमा समाजिक दुरी कायमलाई व्यवस्थित रंगले रेखा कोरेका छन् । नेपाल स्काउट जिल्ला स्काउट कार्यालय भक्तपुरका माष्टरहरुले निश्चित दुरी कायम गरी सामाजिक दुरीमा रहन रंगले सीमारेखा कायम गरेका हुन् । उनीहरुले सामाजिक दुरी अनुसारको दुरी कायम गरी रंगको लाइन तथा कोठाकोठा बनाएका हुन् ।

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास रद्द

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवै सवारी पास रद्द गरेको छ। कोरोना भाइरसका विरामी बढेपछि गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो। यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडा बनाउन निर्देशन दिएका थिए। मंगलबार मात्रै ५७ जना कोरोनासंक्रमित भेटिएका छन्।

केही दिन अघि मात्रै भारतबाट लुकिछिपी घर आएका थिए रुपन्देहीका ६ संक्रमित (अपडेट)

भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए। उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पुर्‍याएका थिए।

सामाजिक संजाल बन्यो विरोध गर्ने माध्यम

नेपाली भूमिमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि विवाद उत्पन्न भएको छ। भारतले अन्तराष्ट्रिय सीमा सम्बन्धी नियमको उल्घन गरेको भन्दै नेपालमा विरोध सुरु भएको हो। नेपालका केहि विद्यार्थी संगठनले लकडाउनको उल्घन गदै सडकमा आउन समेत प्रयास गरे।

कोरोना, सामाजिक सञ्जाल र सञ्चार माध्यम

आज मेरो देश मात्र होइन विश्व नै सुुनसान छ। त्रसित छन् मनहरु। सडकहरु सुनसान छन् । अत्यावश्यकीय सवारी साधनहरु चलेका छन्। सधै जसो ब्यस्त हुने सरकारी अस्पतालहरु पनि प्राय सुनसान छन् । प्रहरीले गस्ती, चेकजाचमा कडाई गरेको देखिन्छ।

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

बैतडीको दशरथचन्द नगरपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले बताइन् ।

सामाजिक सुरक्षा छाता: बढाउने या घटाउने ?

अहिले केही पूर्वसरकारी अधिकारी र केही अर्थशास्त्री सामाजिक सुरक्षा भत्ताको लागत प्रत्येक वर्ष बढ्दै गएकाले यसलाई कटौती गर्नुपर्ने बताइरहेका छन् । रकमगत आधारमा हेर्ने हो भने यसलाई अन्यथा भन्न सकिँदैन ।

गल्ती औंल्याउनेलाई साइबर मुद्दा लगाउँदै सरकार

‘संविधानले तोकेको विषयमा बोल्दा पनि सरकारले आवाज दबाउन खोजेको छ, यो गम्भीर विषय हो।’

क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई मनोसामाजिक परामर्श

नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका अधिकांश व्यक्ति तनावमा देखिन्छन् । संकटकाबेला देशदेखि विदेशबाट घर आइपुगेको अवस्थामा १४ दिनका लागि क्वारेन्टाइनमा बस्नुपर्दा उनीहरुमा मानसिक चिन्ता हुनु स्वभाविक हो ।

राहत वितरणमा नदेखिएको सामाजिक दुरी (भिडियो)

कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा वितरण भएको राहत व्यवस्थित नहुँदा जोखिम बढेको छ।

तलब विनाको जागिर

दीक्षितहरूमा मणि जोडिएको खलक नेपाली समाजमा आफ्नो स्थान राख्दै आएका छन् । राणाकालीन समयमा उनीहरू राज पुरोहितको भूमिकामा थिए । नियमित सिंहदरबारमा चाकडी गर्न जानुपर्ने राजनीतिक सामाजिक संस्कार थियो र उनीहरुको बसोबास गैरी गाउँ थियो । चन्द्र शमशेरका कान्छा छोरा मदन शमशेरको दरबार भने पाटनको पुल्चोक नजिक बन्यो— श्रीदरबार । मदनको चाकरीमा केदारमणि दीक्षित थिए । पछि गएर केदारमणि मदनको पर्सनल सेक्रेटरीको भूमिमा रह्यो । मदनको दरबार आसपासको नाम श्रीदरबार टोल भनेर चिनिन्छ अहिले । डा. सुन्दरको आवास पनि त्यहीँ छ । नियमित जाँच गर्ने क्लिनिक पनि त्यहीँ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कार्टुन : सामाजिक दुरी !

काठमाडौं- कोरोना भाइरस फैलिन नदिन सामाजिक दुरी राख्नु पर्छ। मानिसहरु सामाजिक दुरी राख्दै आफ्ना कामहरु गरिरहेका छन्। यो संकटको समयमा पनि कमिसनका खेल भएका समाचार बाहिरिएका छन्। यस्तै विषयलाई व्यंग गर्दै रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।

सामाजिक कार्य गर्दा बाहिरी व्यक्तिलाई सहभागी गराउन नपाइने

ताप्लेजुङको उत्तरी पर्यटकीय क्षेत्र सिरिजङ्घा गाउँपालिकाको वडा नं ८ याम्फुदिनको वडा समितिले वडाभरका प्रत्येक घरधुरीले आफ्ना घरका सामाजिक लगायतका कार्यहरुमा अर्को घरमा सदस्यलाई सामेल नगराउने निर्णय गरेको छ। यो निर्णय आफ्नो घरभन्दा बाहिर नजाने दृष्टीले प्रेरित रहेको वडा कार्यालयले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा प्रहरी र नेतालाई गाली गर्ने युवा पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिका– १ पकडीचोकबाट एक जना युवा आइताबार बिहान पक्राउ परेका छन्। मायादेवी गाउँपालिका १ ईमिलीयाका सफिक खानलाई ईलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्