५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई मनोसामाजिक परामर्श

खोटाङ– नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका अधिकांश व्यक्ति तनावमा देखिन्छन् । संकटकाबेला देशदेखि विदेशबाट घर आइपुगेको अवस्थामा १४ दिनका लागि क्वारेन्टाइनमा बस्नुपर्दा उनीहरुमा मानसिक चिन्ता हुनु स्वभाविक हो ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिमा मानसिकरुपमा पर्ने असर न्यूनीकरणका लागि खोटेहाङ गाउँपालिकाले भने क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई मनोसामाजिक परामर्श दिन सुरु गरेको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिमा पर्ने मनोवैज्ञानिक असर कम गर्नका लागि मनोसामाजिक परामर्शकर्ता लगेर भेटघाट गराएर सम्झाई बुझाई गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।

हाल खोटेहाङ गाउँपालिका–७ खोटाङबजार, खोटेहाङ गाउँपालिका–४ बड्कादियाले, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा बनाइएको क्वारेन्टाइनमा ६ जनालाई राखिएको छ । उनीहरुलाई सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत बैदेशिक रोजगारमा संलग्न परिवारलाई मनोसामाजिक परामर्श प्रदान गर्ने काम गरिसकेका मनोसामाजिक परामर्शकर्तामार्फत मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

‘क्वारेन्टाइनमा बस्ने साथीभाईको अवस्था केछ भनेर सबै ठाउँको क्वारेन्टाइन निरीक्षण गरिरहेका छौँ,’ भट्टराईले भने, ‘क्वारेन्टाइनमा बस्नेव्यक्तिलाई गा¥हो भयो, समस्या पो हुन्छ की भनेर मनोसामाजिक परामर्शकर्ता लिएर भेटघाट गराउने र सम्झाई बुझाई गर्ने काम पनि गरिरहेका छौँ ।’

क्वारेन्टाइनमा कतिपय वर्षौँपछि प्रवासबाट आइपुगेका स्थानीय राखिएका छन् । कतिपय मजदुरी कामका लागि काठमाडौं, धरान, बिराटनगर लगायतका शहरबाट फर्किएका स्थानीय राखिएका छन् । रातारात पैदल हिँडेर घर आइपुगेका स्थानीय पनि क्वारेन्टाइनमै पुर्‍याइएका छन् । संकटकाबीमा बाध्यतावस क्वारेन्टाइनमा बस्नुपर्दा उनीहरुमा मानसिक असर पर्न नदिन मनोसामाजिक परामर्शको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिको सहजताका लागि विद्युत, खानेपानी, इनटरनेट लगायतको व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: ९ वैशाख २०७७ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App