६ आश्विन २०८१ आइतबार
image/svg+xml

बालबालिकामा लगानी किन?

बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ भन्ने मान्यतानुरूप बाल्यकालमा गरिएको एक रुपैयाँ लगानीले १६ रुपैयाँबराबरको प्रतिफल दिन्छ भन्ने गरेको पनि पाइन्छ।

बालबालिका डिजिटल लतमा फस्ने खतरा !

अनलाइनका लागि बालबालिकालाई मोबाइल, ट्याब वा ल्यापटप दिनैपर्ने हुन्छ । तर यी उपकरण दिएर तपाईं ढुक्क भने नहुनुहोस् । किनकी अनलाइन कक्षाको निहुँमा विभिन्न गेम तथा साइट हेर्ने बानीले बालबालिका डिजिटल कुलतमा फस्ने जोखिम पनि बढ्दै गएको छ ।

९ वर्षीया बालिका बलात्कृत

पोखरामा एक बालिका बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर १० की ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–७ घर भई पोखरा १० मिलन टोल बस्ने ५५ वर्षीय रेशबहादुर गुरुङले छिमेकी बालिकालाई बारम्बार बलात्कार गर्नेगरेको आरोप लागेको हो ।

बालगृहका बालिका घर फर्कन इच्छुक

बाल अधिकार परिषद्ले ती बालिकाहरूलाई परिवारमा पुनर्मिलन गराउने उद्देश्यले स्थानान्तरण गरेको बताएको छ। सर्वोच्चको आदेशसँगै बाल न्याय समितिका सदस्य सचिवले बालिकाहरूको अवस्था हेरेर प्रतिवेदन बुझाउनेछन्।

बालबालिकालाई कोभिड–१९ को जोखिमबाट कसरी बचाउने ?

उनीहरूसँग घर वरपरका प्रकृति, बोटविरुवा, जनावर, हावा, पानी र माटोसंगको सम्बन्धका विषयमा अन्तरक्रिया गर्ने। उनीहरूसंग खेल खेल्दा, पुतली खेल्दा, कथा पढदा, अभिनय गर्दा, नृत्य गर्दा र गाउँदा उनीहरूमा भएको डर, चिन्ता र एक्लोपन हराएर जान्छ।

सहयोग रोकिँदा बालबालिकालाई सकस

आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय । दसैंतिहार, माघेसंक्रान्ति जुनसुकै पर्वमा पनि सँधै सँगै विद्यालयमै । प्रसंग हो, बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने गोरखा नगरपालिका–६ को बाल मन्दिर मावि ।

‘६० माथि र १२ वर्षमुनिका घरबाहिर ननिस्कनू’

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन विशेषगरी ६० वर्ष उमेरमाथिका व्यक्ति र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

बिरामी बालिकालाई प्रहरीको आर्थिक सहयोग

लामो समय देखी मुटुरोगवाट पिडित एक बालिकालाई रोल्पा प्रहरीले आर्थिक सहयोग गरेको छ। रोल्पाको लुङग्री गाउँ पालिका वडा नं. ६ गुम्चाल घर भएकि १५ बर्षीया लाल कुमारी बिष्टलाई सम्पूर्ण प्रहरी कर्मचीहरुले नगद संकलन गरी रकम हस्तान्तरण गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारीहरूले आर्थिक सहयोग जुटाएका थिए।

आठ वर्षीया बालिका निःशुल्क मास्क बाड्दै

पोखरामा आठ वर्षीया एक बालिका मास्क वितरण अभियानमा जुटेकी छिन् । म्याग्दी घर भई पोखरामा बस्दै आएकी प्रेन्सा रेग्मी निःशुल्क मास्क वितरण अभियान सञ्चालनमा छिन् । कोरोनाबाट बच्न बचाउन मास्कको प्रयोग अनिवार्य रहेको भन्दै आफुले बचाएर राखेको पैसाले मास्क खरिद गरि निःशुल्क वितरण गर्न थालेकी हुन् ।

१० वर्षे बालिकालाई करणी गरेको आरोपमा १४ वर्षे बालक पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा १० वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् ।

खोटाङका बालबालिकालाई ‘रोटा खोप’ दिन सुरु

खोटाङका बालबालिकालाई ‘रोटा खोप’ दिन सुरु गरिएको छ । झाडापखालाबाट बचाउनका लागि शनिबारदेखि जिल्लाका सात स्थानीय तहका कलिला बालबच्चालाई रोटा खोप दिन सुरु गरिएको हो । बच्चा जन्मेको ६ हप्ता पुगेपछि र १० हप्ता पुगेपछि दिनुपर्ने रोटा खोप सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्था वा तोकिएको केन्द्रबाट बालबच्चालाई दिन सुरु गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

सुनौलो हजार दिनका आमा र बालबालिका जोखिममा

सुनौलो हजार दिनभित्रका महिला तथा बालबालिका पोषण अभावमा जोखिममा परेपछि गाउँपालिकाले एक हजार ८ सय १९ जना सुनौलो दिनका महिलाहरूलाई पोषण प्याकेज उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्