१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

९ वर्षीया बालिका बलात्कृत

पोखरामा एक बालिका बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर १० की ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–७ घर भई पोखरा १० मिलन टोल बस्ने ५५ वर्षीय रेशबहादुर गुरुङले छिमेकी बालिकालाई बारम्बार बलात्कार गर्नेगरेको आरोप लागेको हो । बलात्कारका आरोप लागेका गुरुङ भारतीय सैनिक हुन् । उनले बालिकालाई ५/६ महिनादेखि ललाईफकाई बलात्कार गर्नेगरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कास्की प्रहरीले जनाएको छ ।

पछिल्लोपटक गुरुङले ५ दिन अघि बालिकालाई बलात्कार गरेका थिए । बलात्कारपछि बालिकामा फरक स्वाभाव देखेर उनकी फूपूले केरकार गरेकी थिईन् । केरकारका क्रममा बालिकाले छिमेकी गुरुङले आफूलाई बलात्कार गरेको बताएपछि प्रहरीमा किटानी जाहेरी दिएका थिए । गुरुङले कहिले चकलेट त कहिले खेलौना दिएर बालिकालाई बलात्कार गर्नेगरेको बताइएको छ ।

बलात्कारको आरोप लागेका गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार गरेर फरार भएका उनलाई स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नम्बर ८ टोड्केबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जासँग समन्वय गरेर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । बलात्कारका आरोप लागेका गुरुङलाई आईतबार नै पोखरा ल्याएर अनुसन्धान शुरु गरिएको उनले बताए । ३/४ दिन अघि हामीकोमा पीडित परिवारले जाहेरी दिएका थिए’,उनले भने, ‘लगत्तै प्रहरी परिचालन गरेर पक्राउ गर्न सफल भयौं ।’

गुरुङलाई जबरजस्ती करणी मुद्धामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ । 

प्रकाशित: १५ भाद्र २०७७ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App