१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिरामी बालिकालाई प्रहरीको आर्थिक सहयोग

सहयोग हस्तान्रण गर्दै प्रहरी।

लामो समय देखी मुटुरोगवाट पिडित एक बालिकालाई रोल्पा प्रहरीले आर्थिक सहयोग गरेको छ। रोल्पाको लुङग्री गाउँ पालिका वडा नं. ६ गुम्चाल घर भएकि १५ बर्षीया लाल कुमारी बिष्टलाई सम्पूर्ण प्रहरी कर्मचीहरुले नगद संकलन गरी रकम हस्तान्तरण गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारीहरूले आर्थिक सहयोग जुटाएका थिए।

प्रहरी कर्मचारीहरूवाट संकलन भएको १७ हजार ५ सय ८६ रुपैया बिहिबार रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक चित्र बहादुर गुरुङले पिडीत बालिकालाई हस्तान्तरण गरेका थिए। आर्थिक अबस्था अत्यन्त कमजोर भएकि लालकुमारीकी आमा जिल्ला प्रहरी कार्यालय भबन निमार्णमा निर्माण ब्यवसायीका तर्फबाट मजदुरी गर्दै आएकि छिन्।  

गत साल पुषमा रोल्पा अस्पताल रेउघामा सञ्चालन भएको मुटु रोग सम्वन्धी स्वास्थ्य शिवीरमा चेकजाच गर्दा मुटुको भल्भमा समस्या रहेको रिपोर्ट आए पछि उनीहरु थप उपचारका लागि काठमाडौं सम्म जान सकिरहेका थिएनन्।

प्रकाशित: १७ श्रावण २०७७ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App