१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

केयर बालगृहका बालबालिकाको उद्धार

काठमाडौं कपनमा सञ्चालित केयर बालगृहका ११ जना बालबालिकाकोे उद्धार गरिएको छ। बुधबार राष्ट्रिय बालअधिकार परिषद्, केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्र, बूढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा, महानगरीय प्रहरी वृत्त बौद्धको रोहवरमा गृहमा रहेका बालबालिकाको उद्धार गरिएको हो।

बालबालिका संरक्षणमा काम गर्दै आइरहेको उक्त गृहकी सञ्चालिका पुष्पा अधिकारीले कपन चउरा राखिएको शिशुको बारेमा गलत सूचना दिएकी थिइन्। सरकारी निकायलाई नै गलत सूचना दिएपछि राष्ट्रिय बालअधिकार परिषद्ले त्यहाँ रहेका अन्य बालबालिकाको उद्धार गरेको हो। उद्धार गरिएका ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले बताइन्। उनका अनुसार गृहले पाल्दै आएका बालबालिकाको विवरण पनि सरकारी कार्यालयमा राम्रोसँग पेस गरिएको थिएन। सरकारी अब ती बालबालिकाको वास्तविकता पहिचान गरिनेछ। त्यसमध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाइने छ भने अरुलाई सरकारी निकायले नै संरक्षण गर्ने भुसालले जानकारी दिइन्। ‘बालबालिकाको अवस्था हेरेर हामीले उद्दार गरेका छौं,’ उनले भनिन्, ‘उनीहरूबारे हामीले सोधिखोजी गछौं, त्यसपछि अरु वास्तविकता थाहा हुन्छ।’

प्रकाशित: २२ श्रावण २०७७ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App