२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

कांग्रेस महाधिवेशन सुरु हुन एक साता बाँकी रहँदा मुख्य नेतृत्वको प्रतिस्पर्धामा कोको खडा हुन्छन् भन्ने टुंगो नलागे पनि पदाधिकारीका आकांक्षीले दौडधुप बढाएका छन्।

कांग्रेस महाधिवेशनः कर्णालीमा देउवा समूहको वर्चश्व

सहमहामन्त्रीमा खुलाबाट उपेन्द्र थापा (४३० मत) र एकराज डाँगी (४५९ मत) निर्वाचित भएका छन्। महिला कोटाबाट रामछायाँकुमारी शाही सह–महामन्त्रीमा निर्वाचित भएकी छन्।

बागमतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु

शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरे। यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाए। अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिए।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन्।

कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो।

प्रदेश २ मा देउवा–निधि पक्षबीच प्रतिस्पर्धा

कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।

प्रदेश १ को सभापतिमा घिमिरे र थापाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षका उद्वव थापाले मनोनयन दर्ता गरेका छन्।

वाग्मतीमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी

सभापतिका तीनवटै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। बानियाँको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्।

कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ।

काठमाडौंमा बानियाँ, धादिङमा अधिकारी

मकवानपुर, चितवनसहितका जिल्लाको अधिवेशन पार्टीको १४औं महाधिवेशनपछि मात्र हुने भएको छ। सोमबारसम्म मतगणना अनुसार काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पाँच जना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ। अहिलेसम्म प्रदेश सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।

सुनसरी काँग्रेस सभापतिमा संस्थापन इतरका भण्डारी विजयी

१४औं महाधिवेसनका लागि आइतबार मतदान भएर आज टुंगिएको नतिजा अनुसार एक हजार ४२२ मत ल्याएर भण्डारी सभापतिमा विजयी भएका हुन्। विजयी भएका भण्डारी यसअघि दुई कार्यकाल जिल्ला सचिव रहेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्