१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंमा बानियाँ, धादिङमा अधिकारी

नेपाली कांग्रेसको पाँच दर्जन जिल्लाको अधिवेशन सकिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिका अनुसार सोमबार साँझसम्म काठमाडौं, ललितपुर, भक्तपुर, धादिङसहित ५५ बढी जिल्लाले नयाँ नेतृत्व पाएका हुन्।

केही जिल्लामा नयाँ नेतृत्वका लागि मतदान र मतगणना जारी छ भने प्रदेश २ सहितका केहीमा तल्लो तहको अधिवेशन जारी छ।

मकवानपुर, चितवनसहितका जिल्लाको अधिवेशन पार्टीको १४औं महाधिवेशनपछि मात्र हुने भएको छ। सोमबारसम्म मतगणना अनुसार काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्।

आइतबार अबेर सम्पन्न मतदानमा संस्थापनइतर समूहका बानियाँ एक हजार नौ सय ५७ मतसहित जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्की एक हजार ८९ मा सीमित भइका छन्।

उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन्। उनीहरू सबै दोस्रो कार्यकालका लागि निर्वाचित बानियाँ समुहबाट उम्मेदवार बनेका हुन्।

त्यस्तै, धादिङ सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। संस्थापनइतर समूहबाट सभापतिको प्रत्यासी बनेका अधिकारीले अर्का प्रत्यासी भिमप्रसाद ढुंगाना भन्दा ३६ मत बढी पाएका छन्। उपसभापतिसहित सबै पदाधिकारी अधिकारी प्यानलकै नेताहरू निर्वाचित भएका छन्।

१४औं अधिवेशनबाट लमजुङमा टकराज गुरूङ, सल्यान केशवबहादुर विष्ट, डोल्पा, दीपेन्द्रबहादुर शाही, डडेल्धुरा भीमबहादुर साउँद, म्याग्दी खमबहादुर गर्बुजा, ताप्लेजुङ गजेन्द्रप्रसाद तुम्याहाङ, मुगु ऐनबहादुर शाही,पाँचथर रूपनारायण जवेगु, मनाङ शंकर गुरूङ, हुम्ला मोहनविक्रम सिंह, बझाङ खड्क बोहरा जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै, रामेछाप पूर्णबहादुर तामाङ, जुम्ला कर्णबहादुर शाही, डोटी नरेन्द्रबहादुर सिंह, रूकुम पश्चिम प्रेमप्रकाश वली, ओखलढुंगा तेजेन्द्र खनाल, पर्वत युवराज जोशी, इलाम डम्बरबहादुर खड्का, सुर्खेत खड्ग पोखरेल, रूपन्देही रामकृष्ण खाँण, कास्की किशोरदत्त बराल, काभ्रे तीर्थ लामा, तनहुँ जितप्रकाश आले, ललितपुर जितेन्द्रकुमार श्रेष्ठ, कञ्चनपुर पदम बोगटी, प्युठान विष्णुकुमार गिरी, अर्घाखाँची केशव श्रेष्ठ निर्वाचित भएका छन्। 

दार्चुलामा ललितसिंह बोहरा, नुवाकोट रमेश महत, दाङ शंकरप्रसाद डाँगी, दैलेख मणिराम रेग्मी, गुल्मी खिलध्वज पन्थी, सुनसरी केदार भण्डारी, झापा देउमान थेवे, जाजरकोट बेदराज सिंह जिल्ला सभापतिमा चयन भएका हुन्। रोल्पामा किशोर आचार्य, बैतडी चतुरबहादुर चन्द, दोलखा बर्मा लामा, गोरखा नन्दप्रसाद न्यौपाने, कालिकोट अम्बबहादुर शाही, संखुवासभा दीपक खड्का, रूकुमपूर्व केशरमान रोका, मुस्ताङ रोमीगौचन थकाली, भोजपुर विनोद वान्तवा, बाजुरा रामसिंह रावल, तेह्रथुम, अर्जुन तुम्बाहाम्फे, नवलपरासी पश्चिम अर्जुनकुमार पोखरेल, पाल्पा हिमालदत्त श्रेष्ठ, स्याङ्जा राजु थापा, खोटाङ विष्णुकुमार राई सभापतिमा निर्वाचित भएका छन्।

प्रकाशित: १४ मंसिर २०७८ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App