७ वैशाख २०८१ शुक्रबार
राजनीति

क्षेत्रीय सभापतिमा महेश चौधरी निर्वाचित

नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन्। चौधरी प्रतिस्पर्धी कन्हैयाप्रसाद गुप्तालाई ९ मतले पराजित गर्दै विजय भएका हुन्।

सहमतिमा क्षेत्रीय सभापति चयन हुन नसकेपछि भएको निर्वाचनमा गुप्ता र चौधरी प्यानसहित उम्मेदवारी दर्ता गराएका थिए। खसेको ६५४ मतमध्ये महेश चौधरीको पक्षमा ३२४ मत परेको थियो भने गुप्ताको पक्षमा ३१५ मत परेको थियो।

१६ जनाको क्षेत्रीय समितिमा ५ पदाधिकारी र ११ जना सदस्य रहने व्यवस्था छ। एक सभापति दुई सचिव र दुई सह सचिवसहितका पदाधिकारी रह्ने व्यवस्था छ।

सभापति निर्वाचित चौधरी यसअघि लहान नगर सभापतिको जिम्मेबारी सम्हालिसकेका छन्। समाजसेवामा अब्बल चौधरीलाई लहान नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट प्रभावशाली उम्मेदबारीको रुपमा हेरिएको छ।

प्रकाशित: १६ मंसिर २०७८ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App