८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पाँच जना आकांक्षी

देउवा पक्षका दुई र पौडेल पक्षका ३ आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ। अहिलेसम्म प्रदेश सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।  

उम्मेद्वारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र दुईजना बरिष्ठ नेता पौडेल समूहका हुन्। हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे र तनहुँका रघुनाथ पौडेलले उम्मेद्वारी घोषणा गरेका हुन्। उम्मेद्वारी घोषणा गरि नसकेपनि कास्कीकै यज्ञबहादुर थापा र पर्वतका अर्जुनकुमार जोशी पनि प्रदेश सभापतिका आकांक्षी हुन्।  

आकांक्षी मध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेद्वार मानिन्छन्। उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनेका थिए। २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षका भए। यसअघी रामचन्द्र पौडेल पक्षीय भनेर चिनिने शर्मा हालैमात्र देउवा गुटमा प्रवेश गरेका छन्। यद्दपी उनले सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गर्ने गर्छन्।

‘गुट अवस्था, परिस्थिति र आवश्यकताका आधारमा निर्धारण हुन्छ, त्यसैले पहिले कुनै गुटमा भयो भन्दैमा अहिले अर्को गुटमा नजाने भन्ने हुँदैन, अहिले मलाई सबै शीर्ष नेतादेखि कार्यकर्तासम्मको आशिर्वाद र समर्थन छ,’ उनले भने। 

कास्कीबाटै उम्मेद्वारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहका हुन्। विद्यार्थी कालदेखि राजनीति शुरु गरेका उनी बौद्धिक नेताका रुपमा परिचित छन्। तर उनी सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्छन्। उनी गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए।

तनहुँबाट उम्मेद्वारी घोषणा गरेका रघुनाथ पौडेल रामचन्द्र पौडेल पक्षधर हुन्। तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन्। उनले आफूलाई बरिष्ठ नेता पौडेलसहित सशांक कोइराला लगायतको आशिर्वाद रहेको बताएका छन्। 

उम्मेद्वारी घोषणा नगरेपनि कास्कीका यज्ञबहादुर थापाले पनि सभापति लड्ने तयारी गरेका छन्। उनीपनि बरिष्ठ नेता पौडेल पक्षधर हुन्। कास्की सभापति भएर काम गरिसकेका उनी कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुन्। यसअघीको प्रतिनिधित्र सभा निर्वाचनमा कास्की १ बाट पराजित उनी पूर्व कानूनमन्त्री समेत हुन्। प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशी पनि आकांक्षी छन्। देउवा समूहका उनी प्रतिनिधि सभा सदस्य हुन्।

प्रकाशित: १३ मंसिर २०७८ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App