९ मंसिर २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रदेशसभाः कांग्रेस सदस्यले भूकम्पपीडितलाई १५ दिनको तलब दिने

गण्डकी प्रदेशका कांग्रेस सांसदले जाजरकोट भूकम्पपीडितलाई १५ दिनको तलब उपलब्ध गराउने भएका छन्। कांग्रेस गण्डकी प्रदेश संसदीय दलको मंगलबार बैठकले प्रदेशका सबै सांसदहरुको १५ दिनको तलब जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको हो।

गण्डकीः कांग्रेस संसदीय दलको नेतामा चारजनाको दाबी

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ। प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो। हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन्। संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल र महेन्द्रध्वज जिसीले दाबी प्रस्तुत गरेका हुन्।

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्।

गण्डकी प्रदेश सभापतिमा शर्मा, विभागीय मन्त्री पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट संस्थापन इतरका शुक्रराज शर्माको प्यानलले एउटा उपसभापति बाहेक अन्य पदाधिकारीमा क्लिनस्वीप गरेको छ।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पाँच जना आकांक्षी

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ। अहिलेसम्म प्रदेश सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्