४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशसभाः कांग्रेस सदस्यले भूकम्पपीडितलाई १५ दिनको तलब दिने

गण्डकी प्रदेशका कांग्रेस सांसदले जाजरकोट भूकम्पपीडितलाई १५ दिनको तलब उपलब्ध गराउने भएका छन्। 

कांग्रेस गण्डकी प्रदेश संसदीय दलको मंगलबार बैठकले प्रदेशका सबै सांसदहरुको १५ दिनको तलब जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको हो।

त्यसका लागि कांग्रेस, केन्द्रीय राहत कोषमार्फत नेपाल सरकारको भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको बैठकपछि नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

कांग्रेस संसदीय दलले भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बैठकपछि संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भूकम्प प्रभावितलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध गर्छौ।’

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना सदस्य छन् ।

प्रकाशित: २१ कार्तिक २०८० ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App