१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुनसरी काँग्रेस सभापतिमा संस्थापन इतरका भण्डारी विजयी

नेपाली काँग्रेस सुनसरी सभापतिमा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला) पक्षका केदार भण्डारी विजयी भएका छन्।  

१४औं महाधिवेसनका लागि आइतबार मतदान भएर आज टुंगिएको नतिजा अनुसार एक हजार ४२२ मत ल्याएर भण्डारी सभापतिमा विजयी भएका हुन्। विजयी भएका भण्डारी यसअघि दुई कार्यकाल जिल्ला सचिव रहेका थिए। भण्डारीका प्रतिद्वन्द्वी संस्थापन पक्षका सञ्जय श्रेष्ठले एक हजार ३०९ मत प्राप्त गरे। श्रेष्ठ निवर्तमान जिल्ला उपसभापति हुन्। मतदानमा कुल दुई हजार ७७४ मत खसेको थियो।  

सभापतिमा विजयी भण्डारी जिल्लाका नेतामध्ये चलाख नेताको रुपमा चिनिन्छन्। २०४३ सालमा नेबिसंघबाट राजनीति सुरु गरेका भण्डारी २०५४ सालमा कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष भए। उनी २०५६ सालमा प्रजातान्त्रिक कानुन व्यवसायी संघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा जिल्ला सचिव निर्वाचित भएका थिए।  

महाविधेसनबाट भण्डारी प्यानलकै नगेशचन्द्र राई र पंकज महत्तो उपसभापतिमा विजयी भएका छन्। राईले एक हजार ३३५ मत ल्याए भने महत्तोले एक हजार ३१३ मत ल्याए। राई र महत्तोले गफार अनसारी र महेष दत्तलाई पराजित गरे। अनसारीले एक हजार २९७ र दतले एक हजार १६६ मत ल्याए।

यस्तै, सचिवमा भण्डारी प्यानलका माधव घिसिङ्ले एक हजार २२९ मत ल्याएर विजयी भए संस्थापन पक्षका विरेन्द्रकुमार साहले सवैभन्दा बढी एक हजार ४६७ मत ल्याएर विजयी भए। सचिवमा भण्डारी प्यानलका प्रमुख पोखरेल र संस्थापन पक्षका रन्जेश भट्टराई पराजित भए। पोखरेलले एक हजार ९२ र भट्टराईले एक हजार २२८ मत ल्याए।  

निर्वाचनमा सहसचिमा भने दुवै जना संस्थापन पक्षका विजयी भएका छन्। जसमा गणेश सुब्बाले एक हजार ३०५ र मनिषकुमार रायले एक हजार १७७ मत ल्याएर विजयी भए। संस्थापन इतरका सुनिलकुमार साहले एक हजार ७० र गिरीधारी साहले एक हजार ४३ मत ल्याए। जिल्ला कार्यसमितिका अन्य सदस्यहरुको मतगणना जारी रहेको छ।

प्रकाशित: १३ मंसिर २०७८ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App