८ वैशाख २०८१ शनिबार
राजनीति

बागमतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु

क्याप्शन

शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरे। यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाए। अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिए।

मतदानमा दुई हजार ८३ जना मतदाताले भाग लिएको उक्त अधिवेशनमा जम्मा १० मत बदर भए थियो, भने सभापतिमा १२ जनाले कसैलाई पनि मत नदिएको निर्वाचन समितिले जानाएको छ।

नेपाली कांग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेका कारण आइतबार पुनः मतदान हुने भएको छ। आज अपरान्ह २.३० बजेसम्म मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए।

यसैबीच, सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन्। केहीबेर अघि हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने बताए। घोषणा अनुरुप आफू र आफ्ना सबै समर्थकले बानियाँलाई मतदान गर्ने प्रधानले विश्वास व्यक्त गरेको नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जानकारी दिए।

प्रदेश अधिवेशनमा दुई हजार १५१ प्रतिनिधि सहभागी रहेका छन्।

प्रकाशित: १९ मंसिर २०७८ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App