२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस सभापतिमा देउवाको सम्भावना

दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।

हालकाे नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु पर्‍याे: सिंह

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन्।

नेतृत्व पुस्तान्तरण गर्छु

नेपाली कांग्रेसमा महाधिवेशन भएकै नेतृत्व परिवर्तनका लागि हो। महाधिवशेनमार्फत शेरबहादुरको ठाउँमा अरू कोही नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने चाहेका छन्। त्यस हिसाबले हेर्ने हो भने राम्रो माहोल बनेको छ।

व्यवस्थित पार्टी बनाउँछुः प्रकाशमान सिंह,सभापतिको उम्मेदवार

नेपाली कांग्रेसको विधानले हरेक चार वर्षमा महाधिवेशन गर्ने लेखेको छ। ठूलो विपत्ति भएमा कोरोना जस्तो असामान्य परिस्थिति आइपरेमा एक वर्ष थप्न पाइन्छ। तर, कोरोना नहुँदा पनि १ वर्ष थपियो। एक वर्ष असामान्य परिस्थिति खडा गरियो। संविधानलाई पनि उल्लंघन गरियो। संविधानअनुसार हरेक दलले हरेक ५ वर्ष प्रादेशिक र संघीय गरी महाधिवेशन गर्नुपर्नेछ।म्याद गुज्रेको औषधि खाएजस्तो काम भएको छ। नेपाली कांग्रेसको विगतमा महाधिवेशन समयमा हुन्थ्यो। यो भन्दा अघि नीति र कार्यक्रममाथि पनि छलफल हुन्थ्यो।

पार्टीलाई विधानमा चलाउँछुः शेखर कोइराला, सभापतिको उम्मेदवार

नेपाली कांगे्रसका ऊर्जावान, गतिशील कार्यकर्ताले परिवर्तन खोजिरहेका छन् ।

‘तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्‍याउँछु’

१४औं महाधिवेशनमा पनि सभापति पदका लागि उम्मेदवारी दिएका देउवाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भए कांग्रेस नेतृत्वको वर्तमान सरकार टिकिरहने र पार्टीले पनि आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेका हुन्।

मलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्छुः देउवा

राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नैपर्ने दबाब रहेको दोहोर्‍याए।

एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

कांग्रेसमा यस्ता छन् सभापतिका उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। यसका लागि अहिले ६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। उनीहरूको यस्तो छ पृष्ठभूमि:

कांग्रेस महाधिवेशन: गुट तितरबितर, सभापतिमा ६ उम्मेदवार

संस्थापन र इतर दुवै पक्षबाट दुईदुई नेता सभापतिमा खडा भएसँगै कांग्रेसमा २०६४ सालदेखि विद्यमान गुटहरू अहिले तितरबितर बनेका छन्। १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धार देउवा समूहमा विलय भएको छ। संस्थापन इतर पक्षमा सहमतिका लागि भएको लामो प्रयास असफल भएपछि नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला नेतृत्वको दौडबाट बाहिरिएका छन्।

कांग्रेस महाधिवेशनः पार्टीलाई सुदृढ बनाएर अघि बढाउने अवसर

देउवाले कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको डरत्रासबाट जनतालाई मुक्ति दिएको भन्दै अब त्यस्तो अवस्था आउन नदिन नेता कार्यकर्ता सचेत हुनुपर्ने बताए। फेरि सभापतिको प्रत्यासी बन्ने तयारीमा रहेका देउवाले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन आफू तयार रहेको दाबी गरे।

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

सहमतिका लागि पौडेल र शशांकले आफूहरु बाधक नहुने बताए पनि पूर्वमहामन्त्रीसमेत रहेका प्रकाशमान सिंह र नेता शेखर कोइराला दुवैले आफू भएमात्र मान्ने अडान राखेका छन्।

गुरुराज घिमिरेको टिप्पणीः सभापति देउवाले ममाथि दोस्रो पटक राजनीतिक हिंसा गरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गरेका छन्।

कांग्रेस प्रदेश १ सभापतिमा थापा निर्वाचित

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा देउवा-सिटौला पक्षका थापा निर्वाचित भएका हुन्।

देउवाले पद र शक्तिको दुरूपयोग गरेको अमरेशको आरोप

महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा आइतबार सिंहले विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन देउवाले पार्टी र सरकारको पदको दुरूपयोग गरेको आरोप लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्