७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस प्रदेश १ सभापतिमा थापा निर्वाचित

नेपाली कांग्रेस प्रदेश १ समितिको  सभापतिमा उद्वव थापा निर्वाचित भएका छन्। नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा देउवा-सिटौला पक्षका थापा निर्वाचित भएका हुन्।

थापाले सभापतिका सभापतिका अर्का उमेदवार  गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै प्रदेश १ को सभापतिमा निर्वाचित भएका हुन्। थापाले ८ सय ४४ मत प्राप्त गरेका छन् भने घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन्। यस्तै उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भए भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन्। सहमहामन्त्रीमा प्रमिला गच्छदार, खड्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन्।  

पुनः मतगणनाको माग

सभापतिमा झितो मतअन्तरले पराजित भएपछि सभापतिमा उमेदवार गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका छन्। उनले पुनः मत गणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन्। मतपरिणाम चित्त नबुझेकाले पुनः मत गणनाको माग गरेको घिमिरेले बताएका छन्।

प्रकाशित: २० मंसिर २०७८ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App