२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बिग्रेको राजनीति बचाउन गठबन्धन विजयी हुनुपर्छः प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो। 'संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले', देउवाले भने, 'संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भंग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ।'

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज?

नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी छन्। यो क्षेत्रमा स्वतन्त्र तीनसहित १३ जना चुनावी मैदानमा रहेका छन्। तीमध्ये कोइराला र नेकपा (एमाले) का ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ।

नागरिकलाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार छौँः प्रधानमन्त्री

‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्‍यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’

गठबन्धनका शीर्ष नेता भन्छन्ः मंसिर ४ को निर्वाचन अग्रगामी र पश्चगामीबीचको प्रतिस्पर्धा हो

‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्‍याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ ‘हामी एउटै डुङ्गामा छौं जिते सबै जित्ने हो हारे सबै हार्छौं’

अब हसिँया हतौडा, रुख भन्ने छैन, गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुस्ः देउवा

‘अब हसिँया हतौडा, को रुख भन्ने नै छैन अब। कसलाई भन्ने नै छैन। त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने। हसिँया हतौडा भएको ठाउँमा हसिया हतौडालाई नै भोट हाल्ने। रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने। पुगी हाल्यो नि। यति भए पुगी हाल्यो नि। यति भए पुगी हाल्यो नि। किन चाहियो अरु कुरा?'

भारत र चीनसँग सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन गठबन्धन निर्वाचनमा विजयी हुनुपर्छः पूर्णबहादुर खड्का

उपसभापति खड्काले मुलुकको कुना-कुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे।

काँग्रेस पूर्वसभापति बस्नेतले उदयपुर १ नछाड्ने

‘म १ नं. निर्वाचन क्षेत्रबाटै प्रत्यक्षतर्फ उम्मेदवार बन्ने हो’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ‘तर, मेराबारे अनपेक्षित रुपमा राष्ट्रियसभा र समानुपातिकतर्फ उम्मेदवार बन्ने भन्ने हल्ला चलाइएको छ, त्यो सरासर गलत र भ्रामक हो।’

खड्का र आरजुको भरमा राठौर

उक्त नाम उनीहरु यहाँबाट चुनाव लड्नलाई होइन, आफ्नै समूहका नेता तथा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरलाई सघाउन उनीहरुको नाम पनि यहाँको निर्वाचन क्षेत्रबाट सिफारिस भएको चर्चा लुलिएको छ।

गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए।

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्काको एकल नाम सिफारिस

क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थन गरेका थिए।

प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै

नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ।

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुन्छः प्रधानमन्त्री

उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्