coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकलाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार छौँः प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकको संन्तालाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार रहेको टिप्पणी गरेका छन्।

लोकतान्त्रिक वाम गठबन्धनले जनकपुरधाममा शनिबार आयोजना गरेको प्रदेश स्तरीय कार्याकर्ता भेलामा सम्बोधन उनले यस्तो बताएका हुन्। आमाबुवासँग नागरिकता छन् तर छोराछोरीसँग छैन। आमाबुवा नागरिक भैइसकेपछि छोराछोरीलाई पनि नागरिकता दिनुपर्छ प्रधानमन्त्री देउवाको भनाइ थियो।

आमाबुवासँग नागरिकता छ छोराछारी नागरिकताविहीन छन् कहाँ जान्छन् उनीहरु कुन देशको नागरिक बन्ने भनेर प्रश्न गर्दै उनले भने ‘हामीले नागरिकताको समस्या समाधान गर्न नागरिकता विधेयक सांसदबाट पास गर्‍यो तर राष्ट्रपतिबाट अचानक रोकियो।’

नागरिकता विधेयक पहिलोचोटी राष्ट्रपतिले फिर्ता गरिसकेपछि दोस्रो पटक पनि सांसदबाट पास गरेर राष्ट्रपति समक्ष पठाइयो तर दोस्रो पटक पनि फिर्ता गरिदियो। देउवाले भने ‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्‍यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’

पाँच दलीय गठबन्धन लोकतान्त्रिक गठबन्धन रहेको दाबी गर्दै उनले गठबन्धनको उम्मेदवालार्ई जिताउन कार्याकर्तासँग आग्रह समेत गरे।

प्रकाशित: ५ कार्तिक २०७९ १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App