१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ कर्मचारीका समस्या समाधानको पहल

तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कमर्चारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइ कर्मचारीहरूले तलब नपाएको भन्दै विगत १० दिनदेखि फोहोर नउठाएर विरोध जनाएकामा समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल भइरहेको जानकारी दिए। उनले भने, 'तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ। त्यहाँबाट तलब निकासाका लागि पत्र आएमा समस्या समाधान हुन्छ। त्यसका लागि आवश्यक गृहकार्यमा छौँ।'

विरोधका कारण विगत दश दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन। यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन्। दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताए।

विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि आफूहरूले तलब नपाएको गुनासो गरेका छन्। रासस

प्रकाशित: २२ चैत्र २०८१ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App