२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निलम्बित जबरालाई भदौ १५ मा बयानका लागि बोलाइयो

‘महाअभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ। दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो।’

तनहुँ र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको सुझाव कार्यानवयन गर्न निर्देशन

‘तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ।'

ओली र प्रधानमन्त्री देउवाबीच भेटवार्ता: के-के कुराकानी भयो?

अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

गिरीको अन्तिम बिदाइ गर्न देउवा पनि आर्यघाटमा

प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्।

ठाकुरले देउवालाई सोधे: गठबन्धनमा ल्याउने कि नल्याउने?

‘प्रधानमन्त्रीज्यूले लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन चाहेको देखिन्छ तर यसमा अन्य दलहरू एक मत हुन्छन् भन्नेमा हामी संशकित छौं,’ ती नेताले भने, ‘५ दलीय गठन्धनमा हामीलाई नल्याउने हो भने हामी स्वाभाविक रूपमा एमालेसँग चुनावी तालमेल गर्छौं। अब हामी धेरै दिन पर्खन सक्दैनौं।’

ममाथि सिंगो पार्टीको जिम्मेवारी छ, कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन्। यद्यपि केही समस्या पनि देखिएका छन्। तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं। त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं।’

पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

सभापति देउवाको कार्यशैलीविरुद्ध असन्तुष्ट शेखर कोइरालानिकट युवा तथा विद्यार्थीले बुधबार राजधानीमा खबरदारी सभा गरेका छन्।

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिन जनप्रतिनिधिलाई देउवाको निर्देशन

सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा आएको बताए। देउवाले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावी तयारीमा लाग्न निर्देशन दिए।

कांग्रेसकाे जनप्रतिनिधि अभिमुखीकरण आजदेखि सुरू

नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएकाे छ।

मधेसी नेतृत्वले भगवानलाई पनि टेरेनन्, तपाईं हाम्रो त के डरः रवि लामिछाने

'मधेसलाई टेकेर दुई दर्जन बढी नेताहरुले संसददेखी प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसकेका छन्, हिजो सञ्चारकर्मीका रुपमा यहाँका मुद्दाहरुमा रिपोटिङ गर्दै गर्दा मधेशमा जहाँ कमिसन आउँछ, विकास गरेजस्तो गरेर भष्ट्राचार गर्न मिल्छ त्यहाँ राज्य कोषको सम्पत्ति दोहन गरेको प्रमाणहरु भेटिए त्यसैले होला देख्दामा धेरै दुर्गम भन्न नमिल्ने मधेसले विकासको काचुली फेर्नपर्ने थियो तर सकेको छैन्।'

विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्छः प्रधानमन्त्री

‘विश्वविद्यालयका समस्या, चुनौतीहरुलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु। यसमा प्राध्यापक संघको पनि आवश्यक भूमिकाको अपेक्षा गर्दछु। कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ। विश्वविद्यालयहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ।’

चुनावी ‘कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. भट्टराई

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने।

'एमालेले अघि सारेको समृद्ध मुलुक अभियानमा आदिवासी र जनजाति अटाउँदैनन्'

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराए।

सार्वजनिक यातायातले मनलाग्दी भाडा असुल गरेको भन्दै अनुगमन गर्न निर्देशन

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन्। उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन्।

देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्