२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गिरीको अन्तिम बिदाइ गर्न देउवा पनि आर्यघाटमा

तस्बिर: प्रसन गुरूङ

प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्। 

शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ।  गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन्।  

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो।  

प्रकाशित: ५ भाद्र २०७९ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App