८ वैशाख २०८१ शनिबार
राजनीति

नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके, म राजनीतिक फोहोर सफा गर्न आएको छुः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि 'बा' भएकाहरूलाई स-सम्मान बिदाइ गर्नुपर्ने भन्दै आफू राजनीतिक फोहोर सफा गर्न आएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको खुलामञ्चमा शनिबार उपत्यका भेलालाई सम्बाेधन गर्दै उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लक्षित गर्दै उनीहरुलाई स–सम्मान बिदा गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

तीनै जनालाई लक्षित गर्दै उनले भने, 'बा'हरु (बुढा) भएका छन्, 'बा'हरुलाई सम्मान गर्ने मान्छेहरू छन्, 'बा'हरु अगाडि बढ्दैन, बुवाको मुख हेर्ने दिनको अवसरमा उनले पछाडि 'बा' भएकाहरुलाई सा-सम्मान बिदा गर्न जनतालाई अनुरोध गरेका छन्।

उक्त भेलामा उनले काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहको वर्तमान गतिविधीको प्रशंसा गर्दै अगाडि ‘बा’ आउनेहरु परिवर्तनका लागि डोजर लिएर निस्कीसकेको हुनाले पछाडि ‘बा’ आउनेहरु राजनीतिबाट बिदा हुनुपर्ने बताए।

'एउटा आँटिलो जनताको छोरो डोजर लिएर निस्किएको छ। हिन्दी चलचित्र नायकको प्रसंग उठाउँदै' उनले भने, 'अनिल कपूर त देखिएको छ, अमृष पूरी चाई को होला? अहिले त अमृष पूरी पनि देखिन थालेका छन्।'

लामिछानेले देशभर पुगेर सातै प्रदेशमा समिति निर्माण भएको बताएका छन्। आफ्नो भेला खुलामञ्चमा गर्नुको कारण बताउँदै उनले भने, 'यो खुला मञ्चले धेरै युवा नेताहरु दियो, जो आज भूतपूर्व नेताका रूपमा रहनु भएको छ। यो खुलामञ्चले आश गरेका कयौँ नेताहरु आज देशको भाग्य बदल्ने ठाउँमा पनि पुगे तर तिनीहरुले यो खुल्लामञ्चलाई धोका दिए।,'

उनले खुल्लामञ्चलाई दिएको धोका ठिक गर्न वर्षैपछि देशभर बाट खुल्ला मञ्चमा आएको बताए। 'टेलिभिजनको स्क्रिन मै रमाएको मान्छे म त्यो स्क्रिनमा अटाउन सकिन राजनीतिक फोहोर सफा गर्न आएको छु,' उनले भने।

यस्तै कोरोना महामारीको समयमा जनता मारिरहेको बेला जनता बचाउने औषधिमा पनि कमिसन खाएकाहरु लक्षित गर्दै उनले भने, 'लाज पचेका नकचराहरु लाई, १/१ जनालाई, मंसिर ४ गते मतदान मार्फत बिदा गर्नुपर्ने भएको छ।

साथै लामिछानेले ठेकेदारहरुलाई लक्षित गर्दै आफूले याे राजनीति नसिक्ने बताए। उनले भने, 'मलाई यो राजनीति सिक्नु नै छैन, पानी परिरहेको बेला बाटो पिच गरिरहको छन्, सरकारी निकाए आँखा बन्द गरिरहेका छन्। पनि परिरहेको बेला बाटो पिच गर्नु हुँदैन भन्ने जान्नका लागि राजनीति जान्नु पर्दैन। म त्यो राजनीति सिक्दैन,' उनले भने।

प्रकाशित: ११ भाद्र २०७९ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App