२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारत र चीनसँग सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन गठबन्धन निर्वाचनमा विजयी हुनुपर्छः पूर्णबहादुर खड्का

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ठूला छिमेकी मुलुक भारत र चीनसँग सकारात्मक सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा विजयी हुनुपर्ने बताएका छन्।

आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपसभापति खड्काले सत्तारुढ गठबन्धन दुई तिहाई बहुमत ल्याउने लक्ष्यसहित आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको बताएका हुन्।

उनले संविधानको रक्षा, मुलुकको स्थिरता र समृद्धिनै सत्तारुढ गठबन्धनको चुनावी एजेण्डा हुने पनि स्पष्ट पारे। उपसभापति खड्काले मुलुकको कुना-कुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

साथै लोकतन्त्रको रक्षाका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि र जनताको समृद्धिका लागि आफूहरुले विचार मिल्ने पार्टीहरुसँग सहकार्य गरेर चुनावी गठबन्धन गर्नु परेको उनको भनाइ थियो। उपसभापति खड्काले जनताले मुलुकमा तीव्र आर्थिक विकास चाहेको र त्यसलाई पूरा गर्नका लागि पनि सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा विजयी हुन चाहेको जिकीर गरे।

उपसभापति खड्काले सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्न, संविधानलाई आवश्यक्ता अनुसार संशोधन गर्दै अगाडि बढ्न पनि काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध राजनीतिक दलहरुलाई साथमा लिएर निर्वाचनमा जानु परेको बताए।

प्रकाशित: ३० आश्विन २०७९ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App