२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९ सय ६४ कर्मचारी परिचालन गरिने भएको छ।चितवन जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ।

माग भएको विवरणानुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। ती कर्मचारी जिल्लामा रहेका ४९४ मतदान केन्द्रमा खटिने छन्। एउटा मतदान केन्द्रमा छ जना कर्मचारी परिचालन हुने छन्।  

उनका अनुसार एउटा मतदान केन्द्रमा तीन स्वयम्सेवकसमेत परिचालन गरिने छ । मतदान अधिकृतले स्वयम्सेवक परिचालन गर्ने छ। यसबाहेक जिल्लाका दुई स्थानमा अस्थायी मतदान केन्द्र रहने छन्। अस्थायी मतदान केन्द्रमा तीन कर्मचारी र दुईजना स्वयमसेवक खटिने छन्।

जिल्लाका १६२ मतदानस्थल र ४९४ मतदान केन्द्रबाट ती कर्मचारी खटिने छन् । कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ का भन्दा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र थपिएका छन्। जिल्लाको तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। त्यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी रहेका छन्।  

प्रकाशित: १८ माघ २०८२ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App