२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

आयरल्यान्डसँग थाइल्यान्ड पराजित

आईसिसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा सम्पन्न सुपर सिक्स चरणको खेलमा आयरल्यान्डले थाइल्यान्डमाथि ६२ रनको जित हासिल गर्दै छनोट प्रतियोगिता टुङ्ग्याएको छ।

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ विकेट गुमाउँदै १२१ रनको मध्यम योगफल बनाएको थियो। त्यसमा गाबी लेउसले २५ तथा एमी हन्टर र ओर्ला पेन्डरगस्टले २४/२४ रनको योगदान गरेका थिए।

प्रतिओभर करिब छ को आवश्यक रन रेटसहित ब्याटिङमा  उत्रिएको थाइल्यान्डले छ दशमलव एक ओभरमा सबै विकेट गुमाएर मात्र ५९ रन बटुल्न सक्यो। कप्तान नारुमोल चाइवाइले २२ रन र नान्नपत कोन्चारनले १५ बनाउनु बाहेक कुनै पनि थाइ ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने चार जना ब्याटर शून्यमा आउट भए।  

थाइल्यान्डलाई सस्तैमा समेटन आयरल्यान्डकी आर्लेन केलीले चार र लारा म्याक ब्राइडले तीन विकेट लिइन। आयरल्यान्ड आजको खेलअघि नै विश्व कपमा छनोट भइसकेको हो।

प्रकाशित: १८ माघ २०८२ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App