९ आश्विन २०८१ बुधबार
image/svg+xml

केपी ओली संसारका निरङ्कुश शासकमध्ये एक हुन् : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली संसारका निरङ्कुश शासकमध्ये एक भएको आरोप लगाएका छन्।

संसद् विघटनविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि बुधबारदेखि सुनुवाइ हुँदैछ। यसअघि नै पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनी सर्वोच्च अदालतले आदेश गरेको थियो।

मन्त्रिपरिषद् विस्तारबारे कारण माग

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारबारे सरकारसँग सोमबार लिखित कारण मागेको छ।

योगेश भट्टराईको आरोप : प्रधानमन्त्रीबाट अशिष्टता प्रदर्शन हुन थाल्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाउका छन्।

प्रनिधिसभालाई काम गर्न नदिइएपछि विघटन गर्नुपर्‍यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनिधिसभालाई काम गर्न नदिइएपछि विघटन गर्नुपरेको बताएका छन्।

वैद्यको विज्ञप्ति : ओलीको कदम फासीवादी

यही पुस १४ गते सम्पन्न पार्टीको स्थायी समितिको बैठकले संसद विघटनलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फाँसीवादी कदम भएको ठहर गरेको हो।

हैसियत कामचलाउ

संवैधानिक प्रावधान र लोकतान्त्रिक मूल्य÷मान्यता यति स्पष्ट हुँदाहुँदै पनि प्रधानमन्त्री र उनी निकट व्यक्तिहरूले सरकारको वर्तमान हैसियतका विषयमा गरेको जिरह एक किसिमको बलमिच्याइँ मात्रै हो । त्यसैले सरकारले आफ्नो कानुनी र राजनीतिक हैसियत थाहा हुँदाहुँदै दूरगामी महत्वका निर्णय गर्नु लोकतान्त्रिक प्रणालीकै उपहास हो ।

‘दाहाल–नेपालले काम गर्नै दिएनन्’

दाहालले सधैं सत्ता र अर्का नेता नेपालले सम्मान मात्र खोजेर सरकारलाई काम गर्न नदिएको आरोप लगाउँदै ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने आफ्नो रहर नभएर बाध्यता भएको स्पष्ट पारे । उनले तोकिएको समयमै निर्वाचन हुने बताए ।

वैशाखमा चुनाव हुँदैनः वर्षमान पुन

नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत चुनाव गराउने नभएको बताएका छन्।

‘यो सरकार कामचलाउ’

निर्वाचन घोषणा गरी प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ मात्र भएको विश्लेषण गर्न थालिएको छ। कामचलाउ भएकाले यो सरकारले आगामी निर्वाचन मात्र गर्न सक्ने, दूरगामी प्रभाव पर्ने अन्य कुनै निर्णय गर्न नसक्ने बताइएको छ।

माधव नेपालको दाबी : छिट्टै संसद् पुनःस्थापना हुन्छ

‘ओलीले गल्ती स्वीकार गर्नुहुन्छ भने हामी सबै कुरा बिर्सन तयार छौं,’ उनले भने, ‘तर, त्यही प्रवृत्ति दोहोर्‍याउनुहन्छ भने भीरमा खस्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन।’

ओलीको तानाशाही कदमविरूद्ध हाम्रो आन्दोलन : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षको अवधिमा कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन्।

सुदूरपश्चिम प्रदेशः नेकपामा सांसद तान्ने होडबाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह बनेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा तरंग छाएको छ। यस प्रदेशमा ओली र दाहाल–नेपाल पक्षका स्पष्ट गुट छन्।

नेकपा विभाजन: दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्।

संसद विघटनविरुद्ध वृहत् नागरिक आन्दोलनको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरेपछि मुलुकमा संकटग्रस्त अवस्थाको उत्पन्न भएको बताईएको छ। यस्तै, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगटनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भत्सर्ना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्