coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपी ओली संसारका निरङ्कुश शासकमध्ये एक हुन् : मिनेन्द्र रिजाल

फाइल तस्वीर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली संसारका निरङ्कुश शासकमध्ये एक भएको आरोप लगाएका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहले बुधबार बानेश्वरमा आयोजना गरेको अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेता रिजालले ओलीलाई निरङ्कुश शासकको संज्ञा दिएका हुन्।

‘ओलीजी संसारका निरङ्कुश शासकहरुमध्ये एक हुनुहुन्छ,’ उनले भने,‘नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैनन्।’ उनले प्रधानमन्त्री ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग तुलना गरका थिए। नेता रिजालले निर्वाचनबाट  सत्तामा गएका ओली चाँडै विदा हुने समेत दाबी गरे।

ओलीले आगामी वैशाखमा निवार्चन गराउनको लागि नतोकिएको उनको दाबी छ।

प्रकाशित: २२ पुस २०७७ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App