कर्पोरेट सफलताको नयाँ मापन
सौभाग्यबस, कार्बन शून्यताको दिशामा पहिलो पाइला टेक्नेहरूले कार्बन शून्य अर्थतन्त्रमा राम्रो हैसियत बनाउन सक्छन्।
सौभाग्यबस, कार्बन शून्यताको दिशामा पहिलो पाइला टेक्नेहरूले कार्बन शून्य अर्थतन्त्रमा राम्रो हैसियत बनाउन सक्छन्।
बुद्घिनारायणका नयाँ कृति र सीमानक्सासंग्रह गम्भीर भएर पढेमा अत्यन्त उपादेय छ भन्ने लाग्यो। यस ग्रन्थमा समाविष्ट नक्साहरू त्यति सजिलैसँग अन्यत्र एकै ठाउँमा पाउन सकिँदैन।
निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्थाको पुनरावृत्ति कोरोनाका सम्बन्धमा पनि नहोला भन्न सकिन्न।
शिक्षामा निजी लगानी बन्द गर्ने कि सरकारले केही अनुदानको व्यवस्था गरी निजीको मनपरि र चर्को शुल्कलाई अंकुश लगाउने भन्ने अहम् प्रश्नको समाधान पनि खोजिनुपर्छ अब।
निम्छरा, निमुखा र सामान्य वर्गका लागि दुर्गाप्रसाद जुनरूपमा सार्वजनिक भएका छन्, उनीमाथि भएको अन्यायको क्षतिपूर्ति र भरण कुनै पनि अवस्थामा हुनै सक्दैन।
राजनीतिक लाभ–हानिमा मानव अधिकारमाथिको खेलवाड तत्कालीन माओवादी राजनीतिको मूलधारमा आएपछि भएको हो।
बुझिने गरी बोल्न नसक्ने, जनताको हित हुने काम गर्नै नजान्ने, पार्टीको मर्यादा राख्न नचाहने, लोकतन्त्रलाई जनउत्तरदायी प्रणाली बनाउन नसोच्ने, केवल सातपटक प्रधानमन्त्री हुने रेकर्ड बनाउने ध्याउन्न भएका पात्रलाई प्रधानमन्त्रीको रूपमा सिंगार्न के हेरेर रोजियो होला ?
सबैलाई थाहा भएकै कुरा हो– अहिले भारतमा कट्टर हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघबाट निसृत भारतीय जनता पार्टीका प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले आफ्नो दोस्रो कार्यकाल पूरा गर्दैछ। यो संघको स्थापना सन् १९२५ मा केशवराव बलिराम हेडगेवारले नागपुरमा स्थापना गरेका थिए । उनी संघको पहिलो प्रमुख अर्थात सरसंघचालक भए । पचास हजार भन्दा बढी शाखा भएको यस संगठनलाई विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठनका रूपमा पनि लिइन्छ।
विभिन्न समृद्ध अर्थतन्त्र भएका देशमा कोभिड–१९ विरुद्धको खोप तीव्र गतिमा लगाइएका कारण यो वर्षको दोस्रो ६ महिना र सन् २०२२मा ती देशमा तीव्र आर्थिक पुनर्उत्थानका निम्ति सहज वातावरण बनेकोछ । यो अवधिमा डिजिटल र डिजिटल प्रविधिमा आधारित क्षेत्रको वृद्धिदर उच्च रोजगारी दिने सेवा क्षेत्रकै हाराहारीमा रहने भए पनि यसको माग बढ्दो क्रममा रहनेछ ।
मुलुकमा आर्थिक असमानताको खाडल गहिरिँदै गएकोमा धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर दुःखको कुरा के हो भने त्यो खाडल पुर्नका लागि भने कसैले पनि प्रभावकारी पहल गरेका छैनन्, न व्यक्तिले, न समुदायले र न राज्यले । असमानता घटाउने प्रतिबद्धता दोहोर्याउँदै आए पनि त्यस्तो प्रतिबद्धता पूरा गर्ने कार्यमा सरकार पूर्णतः सक्षम र सफल हुन सकेको छैन । त्यसैले आर्थिक असमानता घटाउने कार्यमा उल्लेखनीय प्रगति हुन सकेको छैन ।
गएको माघ र फागुनमा सुदूर पश्चिममा दुईवटा अत्यन्तै दर्दनाक घटना भए। माघको अन्त्यतिर बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या गरी फालिएको अवस्थामा भेटिइन् भने फागुन अन्त्यतिर दैलेख आठबीसकोटकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा मृत अवस्थामा भेटिइन्। यी दुवै घटना मानवीय संवेदनालाई नै खलबल्याउने खालका रहे।
फेब्रुअरी २०२१ मा काठमाडौँमा सयौँ प्रदर्शनकारी सेतो बस्त्र धारण गरी नेपालमा ‘न्यायको मृत्यु’ भएको भनी मलामी गएको नाटक मञ्चन गरे। सो प्रदर्शन एक जना किशोरीको बलात्कारपछि भएको हत्याको घटनामा शिघ्र र प्रभावकारी अनुसन्धान नभएको प्रतिकार्यस्वरूप गरिएको थियो।
कम्युनिस्ट पार्टीका तर्फबाट शासन गर्नेहरूमा लोकतान्त्रिक चरित्रको अभाव हुन्छ भन्ने प्रष्ट देखिएको छ । कम्युनिस्ट पार्टीले शासन गर्दा देशमा परिवर्तन आउँछ भन्ने भ्रम पनि अबलाई टुटेको छ ।
हलिया र दलितका सवालमा कुनैपनि नीति बनाउँदा तथा निर्णय गर्दा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नैपर्छ ।
सिद्धार्थ गौतम युवक थिए । उनी बुद्ध भइसकेका थिएनन् । ‘बुद्ध’ बन्न ज्ञानसंग्रह गरिरहेका थिए । बुद्ध अर्थात ज्ञानी भनेको नाम, जात, दर्जा वा विशेषण होइन । बुद्ध ज्ञानीको पर्याय हो । शंकराचार्य अर्थात शिखरको आचार्य (गुरु) जस्तै सम्मानसूचक शब्द हो । यस्ता ज्ञानीजनलाई साधारण मानिसले जे चिताए पनि पूरा गर्न सक्ने अद्भूत शक्तिशाली मान्छन् ।