२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

प्रभुले तय गरेका गन्तव्य

प्रचण्डको शब्दसापटी लिँदा विदेशी प्रभुलाई सत्तोसराप गर्न सिपालु नेपालका अधिकांश कम्युनिस्ट पार्टी उनै प्रभुकै बुइ चढेर आफू सत्तामा टिकिरहने दाउमा रहेको उनीहरूका पछिल्ला गतिविधिले पुष्टि गर्छन् ।

उच्चका भाइबहिनीलाई जिल्ला न्यायाधीशको बधाई !

हालैमात्र सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीशको नियुक्ति सार्वजनिक भएको छ । नियुक्तिपश्चात् बधाईले मिडिया र सामाजिक सञ्जालका भित्ता रङ्गिएमा छन् । म बधाई दिन छुटेको रहेछु । हाल नियुक्ति पाउने वा पहिल्यै नियुक्ति पाइ भावी पद सुनिश्चित गरी रोलक्रममा बसिसक्नुभएका मैले आदर गर्नुपर्ने पदमा आसीन केही महानुभावहरू उमेरले भाइबहिनी पर्न जानुभएछ ।

प्रकृति हाम्रो होइन, हामी प्रकृतिका

हामी सबैको यो साझा पृथ्वी प्राकृतिक स्रोतले भरिपूर्ण छ। मानवमात्र नभएर जीवजन्तु, कीरा फट्याङग्रा पनि प्रकृतिमै अश्रित हुन्छन्। यसो सोचौँत, हामीले आज बिहान प्रयोग गरेको जुत्तावा अहिले न्यानो हुन ओढेको स्वेटर केबाट बनेको हो? उत्तर प्रस्ट छ, पक्कै पनि प्राकृतिक स्रोतबाट। हामीले फेर्ने श्वास प्रकृतिकै वरदान हो भन्ने कुरा त भनिरहनु नै नपर्ला । यो हिसाबले त हाम्रो सबै भन्दा मिल्ने मित्र प्रकृति हुनुपर्ने हो, हैन र?

समुन्नत राष्ट्र निर्माणमा रेमिट्यान्स

नेपाली युवाहरूको ऊर्जाशील समय विदेशमा सस्तोमा श्रम बेच्ने अनि बुढेसकालमा देशमा बाँकी जीवन बिताउने लाहुरे प्रवृत्तिको अर्थतन्त्र देश विकासका लागि राम्रो मानिँदैन ।

समाजवादी मार्गमा पोखरा महानगरपालिका

दुईवटा वर्गको समिश्रणबाट समाज संरचित भएको हुन्छ । एक शोषक वर्ग अर्को शोषित वर्ग । उत्पादनका स्रोत तथा साधनहरूमाथिको स्वामित्व, उत्पादित वस्तुहरूमाथि बजारको नियन्त्रण र श्रमिक वर्ग वा भनौँ शोषित वर्गको श्रममाथिको नियन्त्रणले नै शोषक वर्ग र शोषित वर्ग निर्धारण गर्छ ।

खान्की, जीवाणु र शरीर

परिमार्जन विज्ञानको आधार हो। आजको वस्तु तथा सेवालाई भोलि अझ असल बनाउनु विज्ञानको मर्म हो, अनुसन्धानको धर्म हो। तत्कालका आविष्कारले पुष्टि गरेका तथ्यको जगमा विगतका धारणा परिवर्तन गर्नु वैज्ञानिकको कर्तव्य हो। मानव जीवनलाई भोलिका दिनमा अझ असल बनाउन अनुसन्धान गरिन्छ।

असफल परिवर्तन र पार्टी विवाद

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा बिउँताइदियो, नेकपा (एमाले) ब्युँताइदियो, एनेकपा (माओवादी) ब्युँताइदियो र अर्को कम्युनिस्ट पार्टीलाई उसैको नाम ‘नेकपा’ दिलाएर अस्तित्व जोगाइदियो। अब जिउँदै रहेको राजसंस्थालाई उसको वैधानिक अस्तित्व दिलाइदिन केले रोक्ला ?

दुई फैसलापछिको भविष्य

नेपालको संवैधानिक र राजनीतिक क्षेत्रमा सर्वाेच्च अदालतबाट दुईसाताभित्र जारी भएका दुईवटा महत्वपूर्ण फैसलाले गहन महत्व बोकेका छन् ।

जातीय विभेद र जात व्यवस्था

नेपालमा जात व्यवस्थाको इतिहास हेर्दा राजा जयस्थिति मल्लमार्फत १४ औँ शताब्दीमा छुवाछूत र जात प्रथालाई समाजमा कायम गराउनका निम्ति वर्णवादी व्यवस्था भित्र्याएको पाइन्छ । जयस्थितिमल्लको पालादेखि यताको समय करिब पाँचसय वर्षलाई हेर्ने हो भने १८ वटा मात्र जात भएको देखिन्छ ।

सेनाले नपढेको किताब

नेपाली सेनाले पशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छ । यो उसको अठोट पनि हो । त्रिशूल र डमरु सेनाको प्रतीक चिह्न हो । महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँछ, सेनाले । यसको अर्थ स्पष्ट छ– परम्परा, धर्म, संस्कृति र मौलिक चरित्र बिर्सेको छैन सेनाले । निजी फाइदाका लागि विगतमा केही जर्नेलले राजनीतिक दल र सत्तासीनको प्यारो हुने कोसिस गर्दा आधारभूत चरित्र (बेसिक क्यारेक्टर) त्यागिदिए ।

बिआरआइ : नेपालका लागि कति औचित्यपूर्ण ?

छिमेकी चीनले सन् २०१३ मा अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिब (बिआरआइ) अर्थात वन बेल्ट वन रोड (ओबिओआर) नेपालले सुरुदेखि नै चासो राख्दै आएको आयोजना हो ।

त्यो बेला र यो बेला

रामायणमा त्यो बेला अन्योल थियो । रावणद्वारा सीता हरण भइसकेको थियो । राम र लक्ष्मण सुग्रिवसित थिए । सुग्रिवले आफ्ना सबै बाँदर सेनालाई सीताको खोजी गर्न चारै दिशा पठाइसकेका थिए । हनुमान, जाम्बवान र अंगद भएको टोली दक्षिण दिशातिर लागेका थिए । समुद्रको किनार आइपुग्यो । तर सीताको पत्तो लागेन ।

कांग्रेसको उल्टो यात्रा

नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने विश्लेषण नेतृत्वमाझ अहिले चर्चाको विषय बनेको छ । नेकपालाई हेर्ने दृष्टिकोणमा समेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खण्डित विचार आउनु न कांग्रेसका लागि फाइदा हुने कुरा हो न त राष्ट्र र लोकतन्त्रका लागि नै ।

परिवर्तन व्यवस्थापन : किन र कसरी ?

परिवर्तन प्रकृतिको शाश्वत नियम हो । तसर्थ परिवर्तनलाई सबैले स्वीकार्नुको विकल्प छैन । फरक यति हो कि परिवर्तनलाई ल्याउने प्रतिकूल असरबाट प्रभावित हुन थालेपछि बाध्य भएर त्यसलाई स्वीकार्ने कि योजनाबद्ध ढंगमा रणनीतिकतवरले परिवर्तनलाई व्यवस्थापन गर्ने । निश्चय नै दोस्रो उपाय प्रभावकारी ठहरिन्छ । परिवर्तन व्यवस्थापन व्यक्ति, संगठन, समाज, राष्ट्र, विश्व सम्पूर्ण पक्षहरूका लागि नै अति आवश्यक छ ।

वृद्धाश्रम : बाध्यता र आवश्यकता

विश्व समुदायमा भएको औद्योगिकीकरण सँगसँगै मानिस काममा व्यस्त हुनुपरेको छ । बढ्दो प्रतिस्पर्धाले गर्दा जिउनका लागि बढीभन्दा बढी आयआर्जन गर्नैपर्ने बाध्यता पनि बढेको छ । जसले गर्दा परिवारका सदस्य घरदेखि टाढिनुपरेको छ । विश्वअर्थतन्त्र कृषिबाट क्रमशः औद्योगिकीकरणउन्मुख भएकाले परिवारका सबै सदस्य एकै ठाउँमा बसेर काम गर्ने वातावरणमा परिवर्तन आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्