सत्ता स्वार्थमा नरुमलिएको भए हाम्रो काँगडादेखि टिस्टासम्मको जमिन त्यतिबेलै फिर्ता आउने थियो। त्यो त गयो, तर त्यसपछि पनि काली नदीवारि आएर दुश्मन बस्दा समेत हाम्रा सन्ततिले केही गरेनन्।
अमुक दलको अमुक व्यक्तिले प्रधान मन्त्री बन्नका लागि अमुक दलसँग के सहमति गर्छ त्यो गौण हुन विजय पौडेलजान्छ। राष्ट्रको मूल अजेन्डालाई सत्तारोहण गर्दाको झिनामसिना सहमतिसँग जोडेर अल्मल्याउन मिल्दैन।