२३ असार २०७७ मंगलबार
कला

म बाघको डमरु हुँ

म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ– एउटा तुमुल गर्जन सुनियो।

गर्जन यति भयावह थियो कि सिंह–ओढारमा सिनो लुछ्न तँछाडमछाड गरिरहेका कुकुरको झुन्ड झसंग तर्सियो। एउटा कुकुरले टाउको उठाएर हे-यो र अर्को सिनो लुछ्न छाडेर तर्सिरहेकोे कुकुरसँग सोध्यो।  

‘को हो यो मुला ! कस्तो तर्साइदियो, मस्तसँग खाइरहेका बेला।’

अर्को कुकुरले साउती मार्दै भन्यो, ‘ओई, बिस्तारै बोल, मार्ला तँलाई अहिले। दुई सय चार वर्षअघि भएको नेपाल–अंग्रेज युद्धमा अंग्रेज सेनानायक ब्रिगेडियर जनरल डेभिड अक्टोरलोनीले जति भन्छौ, त्यति धन, सम्पत्ति र पद पनि दिन्छु, लडाइँ गर्न छाडेर आत्म–सर्मपण गर भन्दा आत्मसर्मपण गर्नुको साटो ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भन्दै डटेर युद्ध गर्ने बडाकाजी अमरसिंह थापा हो यो।’

उसले सिनो लुछाचुँडी गरिरहेका कुकुरलाई घुरेर हे¥यो। मारिने पो हो कि भन्ने भयले सबै थरर्र कामिरहेको देख्यो। तर, कसैलाई केही भनेन, र एक्लै लाग्यो लुरुलुरु सिंह–ओढारको द्वारतर्फ।  

लोभी कुकुरहरू भने टाँगमुनि पुच्छर लुकाउँदै फेरि सिनोमा झुत्ती खेल्नमा मस्त भए र भन्न थाले, ‘मूर्ख नै रहेछ, धन, सम्पत्ति, पद छाडेर युद्ध रोज्ने। अनि गफ दिने म बाघको डमरु हुँ भनेर। यदि बाघको डमरु भएको भए, हामीजस्तो सिंह–ओढारमा हुन्थ्यो अहिले। यसरी बहुलाहाजस्तो कराउँदै हिँड्नुपथ्र्यो ?’

त्यत्तिकैमा सिंह–ओढारको द्वारमा लात्ती बज्रियो, सँगसँगै अघिको गर्जनाजस्तै आवाज पनि आयोे, ‘बाघ बस्ने ओढारमा सिनो खाने लुते कुकुरको यो रजाइँ ! यहाँका बाघहरू कहाँ गए ? कि सबै मरे !’

भीषण गर्जनका कारण सिंह–ओढारको द्वारअगाडि उभिइरहेका वृद्धका आँखा उघ्रिए। रातको अँध्यारोमा उनको रूप पूरै कालो देखिन्थ्यो। उनले आवाज आएतिर हेरेर सोधे, ‘को बाघ ? कस्तो बाघ खोजेको ?’

ती वृद्धको आकृतिलाई देख्नेबित्तिकै अघिदेखि रिसले गर्जिरहेका बडाकाजी अमरसिंहको रिस शान्त हुन थाल्यो, रिसले कामिरहेको शरीर तातो भएर आयो। सामान्य हँुदै बडो अदबका साथ कुर्णेस गर्दै भने, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवको जय होस !’

वृद्ध गम्भीर भए र सोधे, ‘ए, को हौ तिमी ?’

जवाफ आयो, ‘महाराज ! मलाई चिनिबक्सेन म अमरसिंह, हजुरको सिपाही।’  

‘ए, अमरसिंह। अनि किन रिसाएको यस्तरी ? कराउँदै सिंह–ओढारको द्वारमा लात्तीले हानेको देख्छु, के भयो ?’

‘मैले, मैले सुनेँ महाराज हाम्रो सिमानामा दुश्मनले पाइला टेक्यो रे। दुश्मनले सिमाना मिच्दै–मिच्दै काली नदी पनि नाघिसक्यो रे। तर, सिंह–ओढारमा केही चालचुल छैन। त्यसैले म सिंह–ओढारमा बाघ खोज्न आएको। म मेरो सन्तान खोज्न आएको, जसले दुश्मनहरूलाई ठाउँको ठाउँ रोक्न सकोस्, कालीपारि नै खेदाओस् र भनोस्, यो बाघको डमरुका सन्तानको देश हो, खबरदार !’

‘यी सिनो खानेहरू कहाँबाट आए महाराज ? के यिनै हुन् त हाम्रा सन्तान ? हामीले त यही सिंह–ओढारमा बसेर नेपाललाई पूर्वको टिस्टा नदीदेखि पश्चिमको सतलज नदीसम्म साँध लगाएका थियौँ। अंग्रेजको छल र बलका कारण मेची–कालीमा खुम्चेको हाम्रो मातृभूमिको रक्षा कसले गर्छ महाराज !’

‘अमर सिंह ! अब यो सिंह–ओढारमा बाघ छैनन्। यहाँ त सिनो लुछ्नेको मात्र जगजगी छ। हो, तिमीले भनेजस्तै सिनोमा झुत्ती खेल्ने कुकुरको।’  

‘महाराज ! तपाईं के भनिबक्सँदै छ ? म के सुनिरहेको छु। सिंह–ओढारमा सिनोमा झुत्ती खेल्नेहरूको मात्र रजगज ?’

‘हो, अमरसिंह ! म सिंह–ओढारको द्वारैमा वर्षौंदेखि ठिंग उभिएर यही तमासाको साक्षी बनिरहेको छु।’  

‘यी सिनो खानेहरू कहाँबाट आए महाराज ? के यिनै हुन् त हाम्रा सन्तान ? हामीले त यही सिंह–ओढारमा बसेर नेपाललाई पूर्वको टिस्टा नदीदेखि पश्चिमको सतलज नदीसम्म साँध लगाएका थियौँ। अंग्रेजको छल र बलका कारण मेची–कालीमा खुम्चेको हाम्रो मातृभूमिको रक्षा कसले गर्छ महाराज ! सिंह–ओढारमा बाघका सन्तान छैनन् भने अब यो मातृभूमिको रक्षा कसले गर्ला त, महाराज ?’

‘हो, तिमीले भनेको ठीक हो अमर सिंह। अब मातृभूमिको रक्षा कसले गर्ने भनेर म पनि चिन्तित छु। कहिलेकाहीँ त लाग्छ, अब मातृभूमि रक्षा गर्ने कोही छैन।’

‘यस्तो हुन सक्दैन महाराज ! बडाकाजी पुनः वृद्धका अघिल्तिर गर्जिए। हजुरका सन्तति महाराजहरू कहाँ गए ? जसले देश र जनताको रक्षा गर्ने वंश–परम्परालाई धान्ने कसम खाएका थिए ?’

‘अमरसिंह ! मेरा सामुन्ने तिनीहरूको नाम नलेऊ !’

एकाएक वृद्धको स्वर कठोर हुँदै गयो। गर्जने पालो थियो वृद्धको– ‘देश र जनताको रक्षाभन्दा उनीहरूलाई आफ्नो शरीर र सुखसयल प्यारो भयो। हाम्री बुहारी राजेन्द्रलक्ष्मी अनि कान्छो छोरा बहादुर शाहले हाम्रो नेपाल एकीकरणको अभियानलाई बढाए। ज्यान हत्केलामा राखेर जय काली र जय महाकाली भन्दै वैरीसँग तिमीहरू पनि लड्यौ। गोर्खाली सैनिकहरूले नेपालको सिमानालाई पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म पु¥याए।’

यति भनेपछि उनले लामो सास तान्दै ‘खुइड्ढय’ गरे र भन्न थाले– तर, त्यसपछि दरबारभित्र खिचातानी र कलह सुरु भयो। आफैँ–आफैँ लडेर नेपाललाई कमजोर पारे तिनीहरूले। यसकै फाइदा दुश्मनले उठायो र धूर्ततापूर्वक सन्धि गर्दै इस्ट इन्डिया कम्पनीले कालीपारिका भू–भाग र मेचीपारिका भू–भाग सबै खायो। बीचमा षड्यन्त्रकारीले कोतपर्व र भण्डारखाल पर्व मच्चाएर रगतको आहालमा एक सय चार वर्ष निरंकुश शासन चलाए।  

मोजमस्तीमा रमाएका राणाहरू र उनीहरूको खटनपटनमा राजा भई खाएका हाम्रा सन्ततिले बोल्न नसक्दा भारत छाडेर स्वदेश फर्केको ब्रिटिससँग हाम्रो जमिन फिर्ता लिने कुरालाई उनीहरूले सत्ताको मोहरा मात्र बनाए। सत्ता स्वार्थमा नरुमलिएको भए हाम्रो काँगडादेखि टिस्टासम्मको जमिन त्यतिबेलै फिर्ता आउने थियो। त्यो त गयो, तर त्यसपछि पनि काली नदीवारि आएर दुश्मन बस्दा समेत हाम्रा सन्ततिले केही गरेनन्।

‘ओहो !’ अमर सिंह स्तब्ध भए।

त्यति मात्र कहाँ हो र ? ब्रिटिस दासताको गर्भबाट ७० वर्षअघि जन्मेको देशले जन्मनासाथ आफ्नो दास मनोवृत्तिवश सन् १८१६ मा इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिमा तोकिएको नेपालको पश्चिमी सिमाना काली नदी नाघेर पूरै लिम्पियाधुरादेखि कालापानीसम्मका क्षेत्र कब्जा गरेको छ। पूर्वदेखि गन्दै जाने हो भने अहिलेसम्म उसले नेपालका झन्डै ७५ ठाउँमा सिमाना मिचेको छ, सीमा स्तम्भ सारेको छ। तर, मेरा सन्ततिहरू कसैले सिमाना मिच्ने आततायीलाई गतिलो जवाफ दिन सकेनन्।

‘तिनीहरू हजुरकै सन्तान हुन् नि महाराज ?’

लामो निःश्वास छाडेर वृद्धले मनको बह सुरु गरे– मोजमस्तीमा रमाएका राणाहरू र उनीहरूको खटनपटनमा राजा भई खाएका हाम्रा सन्ततिले बोल्न नसक्दा भारत छाडेर स्वदेश फर्केको ब्रिटिससँग हाम्रो जमिन फिर्ता लिने कुरालाई उनीहरूले सत्ताको मोहरा मात्र बनाए। सत्ता स्वार्थमा नरुमलिएको भए हाम्रो काँगडादेखि टिस्टासम्मको जमिन त्यतिबेलै फिर्ता आउने थियो। त्यो त गयो, तर त्यसपछि पनि काली नदीवारि आएर दुश्मन बस्दा समेत हाम्रा सन्ततिले केही गरेनन्।

वृद्ध भन्दै गए– यसरी सिंह–ओढारभित्रका बाघले आपसमै लडेर रगतको खोलो बगाउन थालेपछि तिनकै लासको कुहिएको सिनो खान वरपरका कुकुर सिंह–ओढारमा छिर्न थालेका हुन्। बाघहरू आपसी लडाइँमा लिप्त भएपछि सिंह–ओढारमा बिस्तारै सिनो खानेहरूले कब्जा जमाउँदै गए। २००७ सालमा सिनो खानेहरूलाई सिंह–ओढारबाट खेद्न निकै ठूलो संघर्ष मातृभूमिमै भयो अमर, अन्ततः उनीहरूलाई रैतीले नै सिंह–ओढारबाट खेदाए।

‘अनि ! अनि ! महाराज सिनो खानेहरूको सिंह–ओढारमा अहिले पनि कब्जा छ ?’

हो, अमर सिंह, अहिले सिनो खानेहरूको भीडमा धेरै किसिमका नश्ल मिसिएका छन्। २००७ सालपछि प्रस्ट देखिने गरी सिंह–ओढारमा छिरेको दक्षिणी नश्ल अहिले धेरैको रगतमा मिसिएको छ। तिनीहरूले २००७ सालको क्रान्तिपछि सरकार प्रमुख भएको एउटा डमरुलाई देखी सहेनन्। ०१७ सालमा मेरै सन्ततिले त्यसलाई सिध्याए। अमर, त्यसलाई समेत सिध्याए।  

थाहा छ अमर ! त्यसपछि सुरु भएको झगडाले देशको ३० वर्ष बर्बाद भयो। देश र जनतालाई सँगै लैजान नसक्ने केको राजा ? देश र जनताको हित चिताएर कायम गरिएको जनप्रतिनिधि आफैँ चुन्ने व्यवस्था खत्तम पार्ने, जनताको भावनालाई लत्याउँदै बहुदलीय प्रजातन्त्र मास्ने केकोे राजा ? उसले बुझ्नै सकेन बहुदलीय प्रजातन्त्रले दुवैको हित गथ्र्यो। आखिर सम्झ त अमर ! नेपाल एकीकरण पनि कहाँ म एक्लैले गरेको हो ? तिमीहरू जनताका सपुत नभएको भए त्यो सम्भव हुने थिएन। उसले सम्झ्यो, देश निर्माणमा आफ्नै वंशका पुर्खाको मात्र हात छ। आमजनताको बलिदानको कदर नै गरेन। आखिर के भयो ! आज मेरो वंशका सन्ततिको अकालमै एक चिहान भयो।  

‘महाराज ! हजुरको सन्ततिको एउटा पुस्ताले गरेको गल्तीलाई ०४६ सालमा अर्को पुस्ताले सच्याएर बहुदलीय प्रजातन्त्र दिएपछि त सिंह–ओढारमा सिनो खानेहरूको जगजगी सकियो होला नि ?’

कहाँ सकिनु अमर। त्यसपछि सिंह–ओढारमा मात्र होइन, देशका सबै भागमा ती अदृश्य रूपमा फैलिए। नश्ल पनि थपिँदै गयो। दक्षिणी नश्ल, उत्तरी नश्ल, पश्चिमी नश्ल कति कति। अब चिन्न पनि छोडियो, को सच्चा सिंह–ओढारवासी हो र को सिनो खानेको नश्ल।  

अब त जताततै षड्यन्त्र र स्वार्थका असंख्य खेल देख्नुपरेको छ। नश्लै पिच्छेका स्वार्थका हतियार बनेका छन्, हाम्रा खाँटी सन्ततिहरू। एउटा समयमा एउटा डमरु देखापरेको थियो। जसले श्रीपेच फुकालेर जनताका सामु आउन हाम्रै सन्ततिलाई समेत हाँक दिएको थियो र सिनो खाने नश्लकालाई आच्छु–आच्छु पारेको थियो। तर, ऊ पनि षड्यन्त्रको सिकार बन्न पुग्यो। त्यसपछि झन् भद्रगोल भयो। सहर, गाउँ, जंगल सबैतिर डमरुको चरित्र भएकाहरूविरुद्ध यत्रतत्र सर्वत्र षड्यन्त्र नै षड्यन्त्र मच्चिन थाल्यो। आमजनता कोही खान नपाएर मर्न थाले, कोही गोली खाएर मर्न थाले।  

‘गोली खाएर ? के भनिबक्सेको महाराज हामीमाथि फेरि कसैले आक्रमण ग¥यो र ?’

आक्रमण किन गर्नुप¥यो अमर ! सबैतिर सिनो लुछ्नेका नश्ल भएपछि षड्यन्त्रको भुँमरीमा देश परिहाल्यो नि ! जनताले निर्वाचित गरेका प्रतिनिधि आफैँ–आफैँ लडेर एउटाले अर्कोलाई सिंह–ओढारमा बसी खान दिएनन् नि। सामाजिक न्याय, समानता र विकास हुनुपर्नेमा गाउँ–गाउँ अनि जंगल–जंगलमा गोली चले। हजारौँ मरे, अपांग भए, घरबार र अभिभावक गुमाए। कोही विदेश भाग्न बाध्य भए। यस्तो बेला सबै मिलेर सुझबुझसहित देश चलाउनुपर्ने। तर के गर्नु मेरै सन्तति उस्तो निस्क्यो। देश र जनताको हित विपरीत उनीहरूको अधिकार खोसेर आफ्नै बाबुले जस्तो निरंकुशता लाद्यो। त्यसैले त आज मेरा सन्ततिको भोगाधिकार चिहानमुनि पुरिएको छ।  

‘महाराज ! हजुरले अघि पनि राजसंस्था चिहानमुनि पुरियो भनिबक्स्यो, अहिले पनि। के अब देशमा हजुरको नश्लका डमरुहरू छैनन् ? हजुरका सन्ततिले सिंह–ओढारको भोगाधिकार छोडे त ?’

अमर ! देशका सपुतहरू विदेशमा पसिना चुहाइरहेका छन्। देश रोइरहेको छ, तर मातृभूमिको आँसु पुछ्ने हातहरू विदेशमा छन्। संघीय लोकतान्त्रिक गणतन्त्रपछि देशमा जनताका लागि जनताले शासन गर्छन् भनेको त झन् नयाँ–नयाँ छोटे राजाहरू जन्मिएका छन्, बाइसे चौबीसेकाल जस्तो। अब देश पनि छिन्नभिन्न हुने हो कि भन्ने डरलाग्छ, बेला–बेलामा– वृद्धका दुवै आँखा रसाए।

जनतालाई खोस्न कर लाग्यो नि अमर। कुबुद्धिले गर्दा आज मेरो नश्लको पतन भएको छ।

‘ओहो, यो त साह्रै दुःखलाग्दो कुरा भयो। अनि अहिले कसको हैकम चल्छ त देशमा ?’

२०६२÷६३ सालमा यहाँ ठूलो नागरिक विद्रोह भयो। त्यसले मेरो नश्ललाई च्युत गरिदियो, गणतन्त्र स्थापित ग¥यो। त्यसैले अब यहाँ जनताको शासन चल्छ। अब सिंह–ओढारमा बस्न रगतले होइन, जनमतले चुनिनुपर्छ।

‘जनमतले जितेर मात्रै सिंह–ओढारमा आउन पाउने भनेपछि पक्कै अब सिनो खानेहरूको जगजगी सकियो होला नि ?’

यही त सबैभन्दा दुःख छ अमर। सिंह–ओढारमा जाने नश्ल यति छ्यासमिस भइसक्यो कि, कुन नश्ल योग्य छ चिन्नै गाह्रो। जनता आजित हुने बेला भइसक्यो। बाघ भनेर पठायो, अर्कै नश्ल पर्छ। यिनीहरूको घेरामा परेर बाघहरू समेत निकम्मा भएका छन्। देश पछि परेको प¥यै छ। जनता शिक्षा, स्वास्थ्य, रोजगार भनिरहेका छन्। सिंह–ओढारले व्यवस्था गर्न सकेकै छैन। विकास र समृद्धि त कहिले हो कहिले ?

अमरसिंह थ्याच्च भुइँमा बसे, आँखा रिसले रातो भएको थियो। वृद्ध भावुक भए बोली अड्केलाजस्तो भयो।  

अमर ! देशका सपुतहरू विदेशमा पसिना चुहाइरहेका छन्। देश रोइरहेको छ, तर मातृभूमिको आँसु पुछ्ने हातहरू विदेशमा छन्। संघीय लोकतान्त्रिक गणतन्त्रपछि देशमा जनताका लागि जनताले शासन गर्छन् भनेको त झन् नयाँ–नयाँ छोटे राजाहरू जन्मिएका छन्, बाइसे चौबीसेकाल जस्तो। अब देश पनि छिन्नभिन्न हुने हो कि भन्ने डरलाग्छ, बेला–बेलामा– वृद्धका दुवै आँखा रसाए।

केही समयपछि लामो सुस्केरा हाल्दै भन्न थाले– तर गणतन्त्रका बाघले पनि बुझ्नुपर्छ, मेरा सन्ततिको जुन गल्तीले गर्दा सिंह–ओढारमा सिनो खानेहरू पसे, जुन गल्तीले गर्दा आज मेरा सन्तति सत्ताच्युत भएका छन्, त्यस्तै गल्ती गर्दै गए गणतन्त्रका बाघहरू भोलि माटोमा पुरिन बेर लाग्दैन।

‘त्यो हुँदैन, महाराज ! त्यो कदापि हुँदैन,’ अमरसिंह गर्जिए।  

कसरी पत्याउने अमर ? जातजाति, धर्म, वर्ण, लिंग, समुदायमा विभाजन ल्याएपछि कसरी देश बच्ला र ? मैले यो देश ‘चार जात छत्तीस वर्णको फूलबारी हो’ भनेको, विभाजन गर्न होइन, एकताका लागि हो। देशभित्र तानातान, छिनाझपटी, लुछाचुँडी चलिरहेछ। नागरिकको परिचय नै नेपाली नभएर यो दल वा त्यो दलको कार्यकर्ताका रूपमा भएको छ। त्यसमा नलाग्नेहरू जतिसुकै बुद्धिमान भए पनि राज्यको नजरमा पर्नै छाडेका छन्। एउटा दलले अर्को दललाई देखी नसहने, एक नेताले अर्को नेतालाई खसाल्नैपर्ने। उनीहरूको सत्ता स्वार्थमा सिनो खानेको गन्ध आउँछ। सिनो खानेहरूले उनीहरूको स्वार्थलाई भड्काइदिएर छिन्न–भिन्न पारेका छन्। त्यसैले त हेर न, तिमीहरूले त्यत्रो दुःख गरेर कायम गरेको मातृभूमिको छातीमा दुश्मनको फौज वर्षौंदेखि डटेर बसेको छ। तर हामी केही गर्न सकिरहेका छैनौँ।

उनीहरूलाई देख्नेबित्तिकै अत्तालिएका दुश्मनको भागाभाग मच्चियो। आत्तिँदै भन्न थाले, ‘अंग्रेज सेनाले जित्न नसकेका वीर गोर्खाली सेनाका कमाण्डर हुन् यिनीहरू। बित्थामा अकाल मरिन्छ। सकिँदैन यिनीहरूलाई जित्न, भागौं। उनीहरू कराउँदै भागे। अमरसिंहहरू लखेट्दै गए। उनीहरू कालीमा हेलिए, अमरसिंह वारि बसेर हेरिरहे।  

‘त्यो त हो महाराज ! काली नदीवारि दुश्मन आइसक्यो भनेर म पनि सिंह–ओढारमा बाघ खोज्न आएको।’

खोजी हेर अमर। भेटिन पनि सक्छन् कोही कोही त। तिनलाई पनि सिनोखानेहरूले गलाइसके होलान्।  

‘के गर्ने त महाराज ? अब हामी आफैँ जानुपर्ने हो, खुँडा खुकुरी बोकेर ? मलाई त त्यस्तै लाग्छ। फेरि एकपटक महाराजको नेतृत्वमा काली जाउँ।’  

तर अमर ! म त अब बूढो भएँ सक्दिनँ। अब हाम्रो वंशको उपादेयता पनि सकियो। तिमी नागरिककै जिम्मामा छ, यो देश अब।

चिन्ता नलिइबक्स्योस् महाराज ! तपाईंका नागरिकले लिन्छन् सिमाना बचाउने जिम्मा। अमर सिंह दाह्रा किट्दै गर्जिए– म लिन्छु सिमाना बचाउने जिम्मा, म बाघको डमरु हुँ, मलाई कसैले सिनो खाने कुकुर नसम्झे हुन्छ। अमर सिंह रिसले हात मुठी कस्दै खोल्दै गरिरहेका थिए। उनले गर्जिंदै भने– म हिँडे महाराज बलभद्र र भक्तिलाई भेट्न। हामी हजुरका रैतीहरू, मातृभूमि नेपालका सपुतहरू सिमाना रक्षा गरेरै फर्कनेछौँ। कालीमा खुँडा पखालेर फर्कने छौँ, महाराज ! कालीमा खुँडा पखालेरै फर्कनेछौँ।  

अमर सिंहको गर्जनले टाङमुनि पुच्छर लुकाएर सिनो लुछिरहेका कुकुरको सातो उड्यो, उनीहरू यता र उता दौडन थाले।

‘सेनानायक बलभद्र !’ अमर गर्जिए।

‘सेनानायक भक्ति !’ अमर फेरि गर्जिए।  

उठ, सबैजना। फेरि एकपटक देश बचाउने जिम्मा हाम्रो काँधमा आएको छ। उठ, खुँडा–खुकुरी उठाऊ। कालापानी जाऊँ, सिमाना बचाऊँ। सबै गर्जंदै लागे पश्चिम। सिंह–ओढार चकमन्न भयो।

कालापानी पुगेर अमर सिंह, बलभद्र र भक्तिले दुश्मनमाथि सिंह गर्जनसहित धावा बोले, ‘जय काली, जय महाकाली, आयो गोर्खाली।’

उनीहरूलाई देख्नेबित्तिकै अत्तालिएका दुश्मनको भागाभाग मच्चियो। आत्तिँदै भन्न थाले, ‘अंग्रेज सेनाले जित्न नसकेका वीर गोर्खाली सेनाका कमाण्डर हुन् यिनीहरू। बित्थामा अकाल मरिन्छ। सकिँदैन यिनीहरूलाई जित्न, भागौं। उनीहरू कराउँदै भागे। अमरसिंहहरू लखेट्दै गए। उनीहरू कालीमा हेलिए, अमरसिंह वारि बसेर हेरिरहे।  

उनीहरूको गर्जनले यता सिंह–ओढारमा खैलाबैला मच्चियो। अब सिंह–ओढारमा बाघहरू आउने भए भागौं भन्दै सिनोखानेहरू पनि पुच्छर लुकाएर भागे। अमरसिंहहरू कालीमा खुँडा पखाल्दै जय जयकार गर्न लागे। जय मातृभूमि, नेपाल आमाको जय होस्। उनीहरूको जय जयकार सुनेर आँखा मिच्दै उठिन् नेपाल आमा र सगरमाथाको टुप्पोबाट हेरिन्। खुसीले उनको अनुहार उज्यालो भयो। घाम झलमल लागेको थियो। उनको शरीर चम्किरहेको थियो, आँखै तिरमिराउने गरी।  

राति पर्दा लगाउन बिर्सेको रहेछु। घाम त आँखामा परेछ, आँखै तिर्मिरायो। ब्युझिँए, जिउ पसिनाले छपक्कै भिजेको थियो। चिसोले होला जिउभरि काँडा उम्रिरहेको थियो। तर, तातो रगत उम्लिरहेको थियो शरीरभरि।

प्रकाशित: १३ असार २०७७ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App