२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

जाजरकोट भूकम्प:पुनर्निर्माणमा ६८ अर्ब लाग्ने

जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर एक सय ५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ।

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार

कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ।

गाजामा युद्धअपराधको त्रासदी, एनेस्थेसियाबिनै शल्यक्रिया

औषधिको अभावमा गाजामा कतिपय चिकित्सकले बेहोस पार्ने औषधि (एनेस्थेसिया) को प्रयोग नगरीकन गम्भीर घाइतेहरूको शल्यक्रिया गर्नुपरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ।

बीमा बोर्डमा डा.लोहनी र डा.भुसाललाई एनएमसी अध्यक्षमा नियुक्त गर्ने तयारी

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा डा. चोपलाल भुसाललाई नियुक्त गर्ने तयारी गरेको छ।

प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छः डा.बद्री रिजाल

पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन्।

चिकित्सक कुटपिट: दोषीलाई कारबाही नगरेको भन्दै पाटन अस्पतालको सेवा ठप्प

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आजबाट आन्दोलनमा उत्रेका छन्।

‘सरकार स्वास्थ्य आपतकालसँग जुध्न तयार’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्पछि निम्तिन सक्ने स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएको छ। जाजरकोट भूकम्पपछि नागरिकसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले यस्तो बताएका हुन्। उनका अनुसार मुलुकमा जुनसुकै बेला आइपर्न सक्ने स्वास्थ्य आपतकालीन स्थितिलाई लक्षित गरी केन्द्र निर्माण गरिएको बताए।

वीपी प्रतिष्ठानका आन्दोलनरत शिक्षकहरूसँग तीन बुँदे सहमति, आजैदेखि काममा फर्कने

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विगत एक महिनादेखि आन्दोलनरत शिक्षक चिकित्सक र पदाधिकारीहरुबीच तीन बुँदे सहमति भएको छ।

भवन क्षतिग्रस्त भएपछि खुला चौरमा स्वास्थ्य सेवा

भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ।

जाजरकोट भूकम्प:कालीकोटको स्वास्थ्य सेवा कार्यालयमा क्षति

गत राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्र विन्दु पारेर आएको ६.४ रेक्टर स्केलको भूकम्पले स्वास्थ्य सेवा कार्यालय,कालिकोटको जिर्ण भवनमा क्षेती पुगेको छ।

स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्र प्रस्थान

तत्कालै उद्दार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन।

२ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको प्रमाण पत्र

कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिका वडा नम्बर ५ स्थित हथिहवा स्वास्थ्य चौकीलाई त्यसको प्रमाण पत्र प्रदान गरिएको हो ।

महानगरमै भेटिए कुपोषणका बालबालिका

विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।

आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्