२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भवन क्षतिग्रस्त भएपछि खुला चौरमा स्वास्थ्य सेवा

फाइल तस्वीर

भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ। दश शय्याको अस्पतालको रूपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो।

गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताइन्।

भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उनको भनाइ छ। जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकाले सेवा प्रवाहमा समस्या भएको उनले बताइन्। भूकम्पको केन्द्रविन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटरको दुरीमा पर्छ।

प्रकाशित: १९ कार्तिक २०८० ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App