१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ। प्रदेशको १२ जिल्लाको भएको समीक्षा गोष्ठीमा सम्पादित स्वास्थ्य र अन्य स्ूचकका आधारमा जिल्लाको स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै प्रथम भएको हो।

कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वेद केन्द्र प्रदेशमै उत्कृष्ट घोषित भएको हो। गत आव २०७९/८० मा सम्पन्न गरेको कार्य र उपलब्धिका आधारमा कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै पहिलो भएको केन्द्रका प्रमुख डाक्टर नलिननाथ तिवारीले बताए।

कपिलवस्तु लगातार तेस्रो पटक उत्कृष्ट बनेको उनले बताए। केन्द्रमा २०७९/८० मा ७९ हजार तीन सय ३६ जनाले सेवा लिएका थिए। गत आवमा १० हजार सात सय ९५ जना पञ्चकर्म र पूर्वकर्म सेवा, १२ हजार २९ जना ज्येष्ठ नागरिक आरोग्य सेवा, ६ हजार दुई सय २९ जनाले प्रयोगशाला सेवा लिएका थिए।

त्यस्तै २६ विद्यालयका एक हजार दुई सय ३८ जनालाई विद्यालय आयुर्वेद तथा योग शिक्षालगायत सेवा दिइएको थियो। अहिले भूमिसुधार तथा मालपोत कार्यालयछेउ सानो भवनमा सेवा दिइरहेको केन्द्रको कपिलवस्तु नगरपालिका–८ दोहनीमा भवन निर्माणाधीन छ।

 लुम्बिनी आयुर्वेद चिकित्सालय दोस्रो र बर्दियाले तेस्रो स्थान हासिल गरेका छन्। उता कपिलवस्तु अस्पतालले भने प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ ।

प्रकाशित: २४ कार्तिक २०८० ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App