१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चिकित्सक कुटपिट: दोषीलाई कारबाही नगरेको भन्दै पाटन अस्पतालको सेवा ठप्प

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आजबाट आन्दोलनमा उत्रेका छन्।  

बिरामी मृत्यु प्रकरणमा चिकित्सकमाथि कुटपिट भएको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आजबाट आकस्मिकबाहेकमा सेवामा उपस्थित नहुने बताएका हुन्।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समूहले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज, दुर्व्यवहार र ज्यान मार्ने धम्की समेत दिइ बन्धक बनाएर स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्‍याइएको आरोप लगाइएको छ।  

डाक्टरमाथि मुक्का, प्रहरीकै अगाडि खुँडा हान्ने धम्की दिँदा पनि २ दिनसम्म दोषीलाई कुनै कानुनी कारवाही नभएको उनीहरूरुको गुनासो छ।  

त्रासपूर्ण वातावरणमा सेवा दिन असमर्थ रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भनाइ छ। आकस्मिक सेवा र आकस्मिक अप्रेसन बाहेकमा सेवामा उपस्थित नहुन  चिकित्सकहरूले घोषणा गरेका छन् ।  

गत शनिबार साँझ जेष्ठ नागरिक वार्डमा बिरामीको मृत्यु भएको विषयलाई लिएर दुई चिकित्सकमाथि आक्रमण भएको थियो। स्वास्थ्यकर्मीले सुईमार्फत गलत औषधि दिएका कारण तत्काल बिरामीको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन्।

दोषीलाई प्रचलित ऐन अनुसार कारवाही नहुँदासम्म सेवा बन्द गर्ने चिकित्सक, स्वास्थ्यकर्मीहरूले बताएका छन्।

प्रकाशित: २१ कार्तिक २०८० ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App