१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बीमा बोर्डमा डा.लोहनी र डा.भुसाललाई एनएमसी अध्यक्षमा नियुक्त गर्ने तयारी

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा डा. चोपलाल भुसाललाई नियुक्त गर्ने तयारी गरेको छ। बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्णयको लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले दुवै नियुक्तिको लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउन मन्त्रालयमा निर्देशन दिएको स्रोतले जनाएको छ। मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्प कमल दाहालसँगको छलफल पछि फाइल पठाउन निर्देशन दिएकोे बुझिएको छ।  

स्वास्थ्य बीमा बोर्डका लागि प्रस्तावित डा. लोहनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १२ औँ तहमा अवकाश लिएका थिए भने डा. भुसाल नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष, टिचिङ अस्पतालका नाक,कान तथा घाँटीरोग विशेषज्ञ, स्वास्थ्य अनुसन्धान परिषदका पूर्व अध्यक्ष समेत हुन्। यसअघि डा. भुसाल बङ्गलादेशका लागि पूर्व राजदुत पनि थिए।  

बोर्डको अध्यक्षमा लोहनीसहित पाँच जनाको नाम पठाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार मन्त्रालयले पठाएका नाम मन्त्रिपरिषद्बाट फेरबदल भएर पनि आउन सक्ने भएकोले अहिले नै नाम सार्वजनिक गर्न उचित नभएको बताए।

प्रकाशित: २२ कार्तिक २०८० ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App